• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

१४ दिनसम्म हिउँमा फसेका सुरज भन्छन्- भाग्यले बाँचेर आएँ [भिडियोसहित]

कमला गुरुङ शुक्रबार, वैशाख १९, २०७७  २१:०४
1140x725

काठमाडौं- ‘म भाग्यले बाँचेर आएको हुँ। मृत्युको मुखबाट बाँचेर आउँदा कस्तो हुँदो रहेछ भन्न आज थाहा पाएको छु।’

सिभिल अस्पतालको आकस्मिक कक्षबाट सुरज लामाले भनेका शब्द हुन् यी। यति भनिरहँदा उनको आँखाबाट आँसु थामिएको थिएन। अनुहार सुन्निएको थियो। आँखा राता थिए। ओठ र गाला फुटेर घाउ पनि देख्न सकिन्थ्यो अनुहारमा। 

सुरज लामा उनै व्यक्ति हुन्, जो ११ दिनसम्म हिउँमै फसे। हिउँमा फरेको चौधौं दिनमा उनी अस्पताल सम्म आइपुगे। 

घटना वैशाख ६ गतेको हो। सुरज लकडाउन खुल्ने दिनको प्रतीक्षामा थिए। कारण- उनलाई घर जानु थियो र गर्भवती श्रीमतीलाई भेट्नु थियो। 

वैशाख २० गते श्रीमतीको सुत्केरी हुने समय तोकिएको थियो। त्यसैले उनलाई जसरी भएपनि घर जानु थियो। उनको घर सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ४ मा हो। उनी रसुवागढी हाइड्रोपावरमा मजदुरी गर्न गएका थिए। 

लकडाउन खुल्ने छाँटकाँट नदेखेपछि उनी कम्पनीबाट बिदा नै नलिई रसुवाबाटै वैशाख ६ गते पैदल हिँडेर सिन्धुपाल्चोक पुग्ने निधो गरे। साथी भाइले हिँडेर घर नजान पनि नभनेका होइनन्। तर उनलाई जसरी पनि घर पुग्नै पर्ने थियो। श्रीमती सुत्केरी हुन लागेकाले उनको मन मान्दै मानेन। 

‘श्रीमती डेलिभरी हुँदैछिन् भन्ने लागेर म एक्लै हिँडेको हो। लकडाउन खुलेपछि घर जान्छु भनेर कुरेर बसेको थिएँ। तर नखुलेपछि जे होला होला भनेर हिडेँ।’

Ncell 2
Ncell 2
nimb
nimb

त्यो दिन उनले घरमा आफू फर्कँदै गरेको खबर बुवा फुले लामालाई दिएका थिए। रसुवाबाट सिन्धुपाल्चोक पैदल हिँडेर आउने कुरा सामान्य थिएन। त्यसैले पनि बुवा फुले लामा खुशी कम र चिन्तित बढी भए। 

‘बैसाख ६ गते छोराले फोन गरेर म हिँडेर घर आउँदैछु भनेर खबर गरेको थियो,’  बुवा फुले लामाले भने, ‘छोरा आउने कुराले खुशी त भएँ। तर त्यति टाढाबाट कसरी आउँछ भन्ने कुराले साह्रै चिन्ता लागेको थियो।’

त्यस दिनपछि बुवा फुलेको एउटै प्रार्थना थियो- जसरी हुन्छ छोरा सकुशल घर फर्कियोस्। त्यसैले उनी छिनछिनमा छोरालाई फोन गरिरहन्थे। 

सुरज रसुवाबाट हिँडेको भोलिपल्टै उनको बाटो पर्ने क्षेत्रमा हिमपात सुरु भयो। हिउँले बाटो पुरिएपछि सुरज अलमलमा परे र अनुमानको भरमा हिँड्दै गए। 

हिड्दै जाँदा उनी रसुवाको गोसाइँकुण्ड नजिकैको तारेभीरमा पुग्नै लाग्दा हिउँमा फसे। उनी केही कपडा, म्याट र सातु साथमा लिएर निस्किएका थिए। पहिलो दिनसम्म उनी सम्पर्कमा थिए। तर दोस्रो दिन अर्थात् बैसाख ७ गते बिहान साढे ११ बजेपछि उनी एकाएक सम्पर्कविहीन भए।  

अनुमानको भरमा हिँड्दै जाँदा कहाँ पुगियो भनेर सुरजले पत्तो नै पाएनन्। ‘जता हेर्‍यो बाटो छैन। सबै हिउँ मात्र छ। भालु पो आउँछ कि कतै जंगली जनावरले पो खान्छ कि भन्ने डर मात्र थियो,’ दुखद् अनुभुति उनले सुनाए। 

११ दिनसम्म उनी सातुकै भरमा बाँचे। सातुलाई हिउँमा मुसेर बिहान र बेलुकी दुई/दुई डल्लो बनाएर खाने गर्थे। पानीको प्यास मेटाउन उनी हिउँ नै खान्थे। 

'सास रहेसम्म आश रहन्छ भन्थे। हो रहेछ,' सुरजले सुनाए। उनी हरेक दिन त्यो ठाउँबाट निस्कन प्रयास गर्थे। हिउँमा पुरिँदै, लड्दै अनि आँफै उठ्दै दिनरात बाटो पत्ता लगाउने आशामा हिँडिरहे।

‘म कसरी हिडेँ। कहाँ पुगेँ मलाई केही थाहा पाइनँ। कहाँ गएर मरिन्छ। कहाँ डुबिन्छ केही थाहा थिएन। तैपनि बाँच्ने आशामा म हिँडिरहेँ,’ उनले भने। 

हिँड्दै जाँदा उनी धेरै ठाउँमा हिउँमा पुरिए। त्यो बेला उनी आफै पुरिएको ठाउँबाट निस्कन हात र खुट्टाले हिउँ खन्दै बाहिर निस्कन्थे। 

कोही आएर उद्धार गर्ने आशामा उनले एउटा लौरोमा कपडाले झण्डा बनाएर पनि राखे। तर दिन बित्दै गएपछि उनले हिम्मत पनि हार्दै गए। 'हिउँमा फसेको ९/१० दिनपछि बाँच्ने आशा पनि छाडिसकेको थिएँ,' उनले भने।

सुरजका बुबा।

घरपरिवारको बेचैनी कति बढ्यो बढ्यो यो बीचमा। तर आशा भने जीवितै थियो। बुवा फुले लामा भन्छन्, ‘छोरा आउँछ कि भनेर बाटो हेरेर बस्यौं तर आएन। त्यसपछि मैले खोजी गरिदिन वडा कार्यालयमा निवेदन दिएँ।’

त्यही दिन बलेफी गाउँपालिका-४ का वडाध्यक्ष कालीप्रसाद लामाले उनको खोजी गरिदिन रसुवाका विभिन्न निकायलाई आग्रह गरेका थिए। उनको आग्रहसँगै सो क्षेत्रमा खटिएका नेपाली सेना, प्रहरी लगायतका निकायमा खबर गरिएको थियो। 

सुरजको हिँड्ने क्रम रोकिने कुरै थिएन। उनी कहाँ जाँदैछु भन्ने पत्तो नपाए पनि हिँड्न छोडेका थिएनन्। सातुले साथ दिएकै थियो। हिँड्दै जाँदा खोलाको किनार भेटाए। किनारै किनार हिँडे। हिँडिरहे। 

संयोग नै मान्नुपर्छ बैसाख १६ गते नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको सूर्यकुण्ड फेदी भन्ने ठाउँमा स्थानीयले उनलाई भेटे। प्रहरीलाई खबर गरे। दुई दिनपछि वैशाख १९ गते बिहान उनको उद्धार गरी काठमाडौं ल्याइएको छ। 

‘हिड्दै गर्दा एउटा खोला भेटेँ। अब त मरे पनि मर्छु। जे होला होला भनेर खोलैखोला हिडेँ। यदि खोलाको बाटो नआएको भए…..। बाटो भेट्दिनँ थिएँ। म मर्थेँ होला। खोलैखोला गएकाले आज यहाँसम्म जीवितै आएँ। तपाईंलाई कथाव्यथा सुनाउन सकेँ,’ उनले भने। 

उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ। उनको उपचारमा संलग्न चिकित्सकका अनुसार उनी अहिले खतरामुक्त छन्। बोल्न सक्ने अवस्था छ। उनको उपचारको सबै जिम्मेवारी गाउँपालिकाले लिएको बुवा फुले लामाले बताए। सुरजले अन्तिममा भने, ‘सोचविचार गरेर मात्र हिँड्नु पर्ने रहेछ। नत्र धेरै ठक्कर खानुपर्दो रहेछ। तर हरेस नखाई हिँडेकाले म बाँचेर फर्कन सफल भएँ।’

भिडियोयसरी भयो उद्धार 
बलेफि गाउँपालिका–४, सिन्धुपाल्चोकका वडाध्यक्ष कालीप्रसाद लामाले उनको उद्धारबारे बताएका छन्। उनको भनाइ जस्ताको तस्तैः

वडा कार्यालयमा १२ गते पारिवारले सुरज हराएको भन्दै निवेदन दिन आएका थिए। मैले सिडिओसाबलाई जानकारी गराएँ। खोजीको क्रममा रसुवाको सिडिओ, पत्रकार, हाइड्रोपावरका मेनेजर, लाङटाङ राष्ट्रिय निकुञ्जको आर्मीलाई जानकारी गराइयो।

१६ गते साँझ आर्मी ब्यारेकबाट फोन आयो। सुरज होटलमा रहेको र होटलको नम्बर दिए। मैले होटलवालालाई फोन गरेँ। उनीबारे जानकारी लिएँ। त्यो दुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीको सूर्यकुण्ड भन्ने ठाउँ रहेछ। त्यो समुन्द्रबाट ४ हजार ७ सय मिटरमाथि पर्दो रहेछ।

वडाध्यक्ष कालीप्रसाद लामा।

त्यहाँ एम्बुलेन्स, गाडी केही नचल्ने थाहा पाएपछि के गर्ने भनेर मैले नेकपाका नेता माधव सापकोटालाई फोन गरेँ। सभामुख अग्निप्रसाद सापकोटाका स्वकीय सचिव गोविन्द पाठकसँग पनि कुरा गरेँ। राति सरसल्लाह गरेर हेलिकोप्टबाट उद्धार गर्ने कुरा भयो। त्यसपछि गृहले नुवाकोटको सिडिओलाई पत्र लेख्यो।

१८ गते हेलिकोप्टर उडाउन तयारी अवस्थामा हामी थियौं। तर मौसमको खराबीका कारण उड्न सकेन। १९ गते बिहान ७ बजेर ३५ मिनेटमा हेलिकोप्टर उड्यो। ८ बजे सुरजलाई काठमाडौं ल्याइयो। अहिले बानेश्वरको सिभिल हस्पिटलमा उनको उपचार भइरहेको छ।

हेरौं उद्धारका क्रममा लिइएका केही तस्बिर

भिडियो : बिश्वास खनाल

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  २१:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्