रसुवा- रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ घुम्न गएका एक विदेशी पर्यटकको ज्यान गएको छ।
मृत्यु हुनेमा जर्मनका नागरिक ४९ वर्षीय निल्स ज्याकल रहेका छन्। लाङटाङ क्षेत्रको गोसाइँकुण्ड गाउँपालिका ४ मा उनको ज्यान गएको प्रहरी नायब उपरिक्षक शरत कुमार थापा क्षेत्रीले बताए।
जर्मनी नागरिक ज्याकलको मृत्युबारे अनुसन्धान भइरहको उनले बताएका छन्। उनको शव पोस्टमार्टमका लागि लाङटाङबाट हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको थापाले जानकारी दिए।
ज्याकल गत शनिबार लाङटाङको पदयात्रामा निस्केका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।