काठमाडौं– भारतमा प्रतिबन्धित ४९ लाख भारुसहित लाजिम्पाटबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मोरङका सुनिलदेव वैश्य र नुवाकोटका चेतबहादुर नेपालीलाई पक्राउ गरेको हो। उनीहरुबाट ४९ लाख ३१ हजार ५ सय प्रतिबन्धित भारु बरामद भएको काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए। लाजिम्पाटमा पुराना भारतीय नोटहरुको अवैध कारोबार भइरहेको सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन्।
बरामद गरिएको रकम एक हजार दरका २ हजार २ सय ६ वटा तथा ५ सय दरका ५४ हजार ४ सय ५१ वटा नोट बरामद भएको छ।
सो रकम नेपालबाट भारतमा सटहीको प्रलोभनमा कारोबार भएको हुनसक्ने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।