एजेन्सी-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफू दोस्रो पटक राष्ट्रपति नहोस् भन्ने चाहेको आरोप लगाएका छन्। चीनले कोरोना महामारीका विषयमा गरिरहेको क्रियाकलाप यसको प्रमाण भएको उनको भनाइ छ।
बुधबार रोयटर्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले उनले भने, ‘आगामी नोभेम्बरमा हुने चुनावमा चीनले मलाई रोक्न जे पनि गर्नसक्छ।’
ट्रम्पले कोरोना भाइरसको विश्व महामारीका लागि चीनलाई लगातार आरोप लगाउँदै आएका छन्।
अमेरिकामा कोरोना भाइरसका कारण ६० हजारभन्द बढी मानिसको मृत्यु भइसकेको छ भने अमेरिकी अर्थव्यवस्था पनि नराम्रोसँग प्रभावित भएको छ। जसका कारण बेरोजगारी ऐतिहासिकरुपमा वृद्धि भएको छ।
ट्रम्पलाई कोरोना भाइरसको महामारीलाई गम्भीरताका साथ नलिएको आरोप पनि लाग्ने गरेको छ। तर, ट्रम्पले भने कोरोना भाइरस रोक्न चीन अझबढी सक्रिय हुनुपर्ने थियो भन्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।