काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौं-१ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विधालयमा भएको कार्यक्रममा ८२ पिन्ट रगत संकलन भएको नेकपा क्षेत्री इन्चार्ज अनिल शर्माले जानकारी दिए।
शर्माको सक्रियतामा सम्पन्न कार्यक्रममा इच्छुक स्थानीय र पार्टीका कार्यकर्ताहरुले रक्तदान गरेका थिए। कोभिड-१९ का कारण लकडाउन भएको अवस्थामा रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएको नेता शर्माले बताए।
रक्तदानमा नेपाल रेडक्रस सोसाइटीले प्राविधिक व्यवस्थापन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।