काठमाडौं- सत्तारुढ नेकपा केन्द्रीय सदस्य प्रभु साहले द्वन्द्व नभई एकता रोज्न नेताहरूलाई आग्रह गरेका छन्। अहिलेको संकटपूर्ण स्थितिमा एकतालाई जोड दिँदै तीव्र आर्थिक वृद्धिमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्।
विश्व नै कोरोना भाइरसको महामारीसँग जुधिरहेको बताउँदै साहले नेपालमा समेत असर पर्ने भएकाले सर्तक हुनुपर्ने अवस्था आएको बताए। ‘अहिले द्वन्द्व र अस्थिरता होइन। एकता र तीव्र आर्थिक वृद्धि चाहिएको छ।’ साहले भने, ‘यदि सरकारको विकल्प नै खोज्नुपर्ने हो भने उपयुक्त विकल्प प्रचण्डमात्र हो, अरु कोही एबिसिडी हुन सक्दैन।’
नेकपाभित्रको अन्तर कलहले अवसरवादले टाउको उठाउने भएकाले सतर्क हुनुपर्ने साहले बताए। ‘नेतृत्व तहमा सहमति गरेर भावनात्मक रुपमा एकताबद्ध हुनुको विकल्प छैन।’ साहले भने, ‘पार्टीलाई एकताबद्ध बनाएर सबैको ध्यान कोरोना नियन्त्रण र आर्थिक विकासमै केन्द्रित हुनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।