• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ २४, २०८३ Sun, Jun 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सचिवालयको बैठकअघि शक्ति प्रदर्शनमा नेकपाका दुवै समूह

64x64
नेपाल लाइभ बुधबार, वैशाख १७, २०७७  १५:४८
1140x725

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकअघि शक्ति प्रदर्शन गर्न दुवै पक्ष तीब्र रुपमा लागिपरेका छन्। बुधबार ५ बजे बैठक तय भएपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीका साथै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह शक्ति देखाउने होडमा लागेका हुन्।

सचिवालय बैठकअघि आफ्नो पक्षमा बलियो पकड रहेको देखाउन दुबै पक्षले हस्ताक्षर अभियान सुरु गरेका छन्। प्रधानमन्त्री ओलीले बालुवाटारमै सांसद बोलाएर सत्ता परिवर्तनको खेलमा नलाग्न निर्देशन समेत दिएका छन्। केही दिनदेखि हस्ताक्षरका विषयमा कुरा चलेपछि  मंगलबार ओली पक्षले र एक दिनपछि प्रचण्ड–नेपाल समूह औपचारिक रुपमा अघि बढेका छन्। 

सचिवालयमा हुने सम्भावित विवादलाई लक्षित गरी उनीहरुले शक्ति देखाउन लागेका हुन्। प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिन प्रचण्ड–नेपाल समूहले दबाब दिनेछ। उक्त दबाबको प्रतिउत्तरमा संसदीय दलको बैठक फेस गर्ने जवाफ दिने तयारी ओलीले गरेको बुझिएको छ। त्यसैको स्वरुप हस्ताक्षर अभियान चलेको हो।

बालुवाटारमा पुगेका प्रधानमन्त्री ओली निकट सांसद कृष्ण राईले प्रधानमन्त्रीको पक्षमा बहुमत पुगेको जानकारी दिए। प्रधानमन्त्री ओलीले दुबै पद नछोड्ने समेत आफू निकटलाई सुनाएका छन्। ओलीले आफू हट्ने अवस्था आए त्यसको परिणाम पार्टी र देशलाई अनुकुल नहुने बताए। प्रधानमन्त्रीको भनाई उद्घृत गर्दै सांसद राईले भने, ‘सरकार ढल्यो भने पार्टीलाई असर गर्छ। अर्को निर्वाचनमा मत परिणाम नेकपाको पक्षमा आउँदैन।’

कार्यकारी अध्यक्ष रहेका प्रचण्ड समूहले हस्ताक्षर अभियान बुधबार अघि नै सुरु गरेको प्रधानमन्त्री समूहको भनाई छ। प्रधानमन्त्री अल्पमतमा परेको सन्देश बाहिर प्रचार भएपछि ओली समूह पनि हस्ताक्षर गर्न लागेको थियो। राईले भने, ‘प्रधानमन्त्री अल्पमतमा भएको बाहिर आयो नि त। अल्पमतमा प्रधानमन्त्री हुनुहुन्न। प्रधानमन्त्री सेफ साइडमा बस्नु त पर्‍यो नि।’ 

प्रधानमन्त्रीको पक्षमा ८८ जना भन्दा बढी सांसद पुगेको बालुवाटारको दाबी छ। संसदमा नेकपाका १७२ सांसद छन्। वार कि पारको सन्देश दिने गरि बालुवाटार अघि बढेको त्यहाँ पुगेका सांसदहरुको दाबी छ। बालुवाटार पुगेका एक सांसदले भने, ‘मंगलबारसम्म मिडियामा गएको भन्दा फरक विषय बिहीबारबाट आउनेछ।’
मंगलबार ओली र प्रचण्डबीच भएको बैठक असहज भएको थियो। प्रचण्डले आफूलाई एक्लो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए।

प्रचण्डको प्रस्तावलाई अस्वीकार गर्दै ओलीले बहु अध्यक्षको प्रस्ताव गरेका थिए। वरिष्ठ नेता झलनाथ खनाल, नेताहरु नेपाल र रामबहादुर थापालाई समेत अध्यक्ष बनाई अध्यक्षमण्डलको संयोजक आफू हुनुपर्ने प्रस्ताव राखेका थिए। ओलीको प्रस्तावलाई प्रचण्डले ठाडै अस्वीकार गरे। विवाद चर्कंदै गएपछि कांग्रेस र मधेसवादी दललाई साथमा लिएर सरकार बनाउने चेतावनी ओलीलाई दिए। दुई नेताको दुरी मंगलबारबाट झनै टाढिएपछि ओली पक्षको तयारी बढ्यो।

बालुवाटारले प्रचण्डप्रति विश्वास गरिहाल्न सकेको थिएन। मधेशवादी दल जुटाउनमा प्रचण्डकै भूमिका भएको बालुवाटारको बुझाइ छ। उक्त बुझाइलाई मंगलबारको प्रचण्डको अभिव्यक्तिले प्रधानमन्त्री थप सशंकित बने। पार्टीमा समस्या थप बढ्ने आंकलन गरेका प्रधानमन्त्रीले आफू निकटका सांसदहरुलाई जुटाए। तीन दिन अघि पनि केही सांसदलाई प्रधानमन्त्रीले बालुवाटार बोलाएका थिए। विपक्षी पार्टीहरुलाई अघि बढाएर अविश्वासको प्रस्ताव ओली विरोधी खेमाले ल्याउने आशंका बालुवाटारको छ।

nimb
nimb
Ncell 2
Ncell 2

ओलीलाई ८८ सांसद नपुग्ने बाहिरी प्रचार भएसँगै प्रधानमन्त्री ओलीको समूह तातिएको थियो। पूर्व माओवादी नेताहरुलाई तान्नसमेत सकिने ओली पक्षको ठहर छ। ओली पक्षका नेताले भने, ‘प्रचण्डको झुण्डमा नेपाल पक्षका सबै पनि जाँदैनन्। प्रचण्ड पक्षका भनिएका पनि जाँदैनन्।’

नेपाललाई अघि सारेर प्रचण्ड आफै प्रधानमन्त्री बन्ने लाइनमा रहेको ओली समूहको बुझाइ छ। ‘पावर शेयरिङ’को मुद्दा उठाएका नेता नेपाललाई अध्यक्ष सुम्पिदा वरियतामा उनीभन्दा माथि रहेका झलनाथ खनालले समेत स्वीकार्ने देखिँदैन। नेपाललाई अध्यक्ष बनाउँदा खनालको विरोध हुने ओली पक्षलाई हेक्का छ।

पार्टी एकीकरण पश्चात अध्यक्ष ओलीबाट ‘अपहेलित’ भएको महशुस गरेका नेता नेपालले दुई पदमा एक पद छोड्न प्रधानमन्त्रीमाथि दबाब बढाउँदै लगेका छन्। तर, ओली दुबै पद छोड्ने पक्षमा देखिएका छैनन्। ओली निकट राई भन्छन्, ‘प्रधानमन्त्रीले पावर शो गर्नुहुन्छ। पावर शेयर हुँदैन।’
महाधिवेशनबाट बनेको अध्यक्षलाई महाधिवेशनबाट मात्रै हटाउनु पर्ने तर्क ओली पक्षको छ।

बैठक बोलाउन पटक-पटक प्रयास
नेकपा सचिवालय र स्थायी कमिटी बैठक बोलाउन नेताहरुले लामो समयदेखि प्रयास गर्दै आएका छन्। वैशाख १० गते अध्यक्ष प्रचण्ड समूह र माधव नेपाल समूहका २० स्थायी कमिटी नेताहरु तत्काल स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका थिए। पार्टीमा विवाद बढ्दै गएकाले आफ्ना कुरा राख्न तत्काल बैठक बोलाउनु पर्ने माग उनीहरुको थियो। 

प्रधानमन्त्री ओली र नेपाल समूहको गत सोमबार कोटेश्वरको एक सरकारी भवनमा बसेको बैठकले तत्काल सचिवालय र स्थायी कमिटी बैठक बोलाउने समझदारी भएको थियो। तर, समझारी अनुसार गत मंगलबार सचिवालय बैठक विवादका कारण बस्न सकेन। लगत्तै  मंगलबार बैठक बोलाउने विषयमा ओली प्रचण्डबीच वालुवाटारमा समझदारी भयो। 

भेटपछि बुधबार बेलुका सचिवालय बैठक बस्ने तयारी छ। आज सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा आउन सक्ने देखिएपछि गुटका नेताहरु संसादको हस्ताक्षर गर्ने अभियानमा लागेका हुन्। 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १५:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण
कार्यव्यवस्था नभएपछि सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
साउनदेखि स्वास्थ्य बीमामा कर्मचारीलाई आवद्ध गर्ने तर्फ ध्यान केन्द्रित छ: स्वास्थ्य सचिव डा देवकोटा
सम्बन्धित सामग्री
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण हाल शनिबार र आइतबार गरी हप्तामा दुई दिन बिदा लागू रहेको सन्दर्भमा आइतबारको बिदा हटाउने विषयमा कुनै निर्णय नभएको सरकारको भनाइ छ। केही... आइतबार, जेठ २४, २०८३
कार्यव्यवस्था नभएपछि सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको छ । नयाँ समिति नबनेकाले सदनको कार्... आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल भारत भ्रमणका क्रममा भारतीय सञ्चारकर्मीहरूसँगको अन्तर्क्रियामा उनले लिपुलेक-लिम्पियाधुरा क्षेत्र नेपालको सार्वभौम भूमि भएकाले नेपालला... आइतबार, जेठ २४, २०८३
ताजा समाचारसबै
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
कार्यव्यवस्था नभएपछि सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक आइतबार, जेठ २४, २०८३
साउनदेखि स्वास्थ्य बीमामा कर्मचारीलाई आवद्ध गर्ने तर्फ ध्यान केन्द्रित छ: स्वास्थ्य सचिव डा देवकोटा आइतबार, जेठ २४, २०८३
पदबाट बिदा हुने भन्ने विषयमा कुनै आधिकारिक निर्देशन छैन : मन्त्री मेहता आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्