गाईघाट– नापी कार्यालय उदयपुरका प्रमुख सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन्।
कार्यालय प्रमुख श्यामबाबू साहलाई ५० हजार रुपैयाँ घुससहित आज बिहान करिब ९ बजे निवासबाटै पक्राउ गरिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित सम्पर्कका कार्यालयको टोलीले साहलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।