काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसद्हरुले आफ्नो पक्षमा बहुमत देखाउन हस्ताक्षर सुरु गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद्हरुले पनि हस्ताक्षर सुरु गरेका छन्।
सचिवालय बैठक बस्नुअघि आ–आफ्नो पक्षमा बहुमत देखाउन गुटका नेताहरु सक्रिय भएका हुन्। सचिवालय बैठक बेलुका बस्दै छ।
प्रचण्ड र नेपाल समूहका सांसद्हरुका तर्फबाट हस्ताक्षर संकलनको नेतृत्व नेता सुरेन्द्र पाण्डेले गरेको एक सांसद्ले बताए। अध्यादेशलाई लिएर पार्टीमा विवाद बढ्दै गएपछि ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाटै राजीनामा दिनुपर्ने प्रचण्ड-नेपाल समूहका नेताहरुको माग छ।
ओली समूहको विपक्षमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल वामदेव गौतमलगायत नेताहरु उभिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।