एजेन्सी-अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले कोरोना भाइरस संक्रमणका ६ लक्षण थप गरेको छ । यस्ता लक्षणहरु भाइरस संक्रमण भएको २ देखि १४ दिनभित्र देखिने सीडीसीले जनाएको छ।
थप लक्षणहरुमा जाडो हुने, जाडोले शरीर काप्ने, मांसपेशीहरु दुख्ने, टाउको दुख्ने, घाँटी दुख्ने, सुँघ्ने र स्वाद लिने क्षमता गुम्ने रहेका छन्। यसअगाडि सीडीसीले तीनवटा लक्षणहरु ज्वरो आउने, स्वास फेर्न गाह्रो हुने र खोकी लाग्नेलाई लक्षणका रुपमा सूचीकृत गरेको थियो।
कोरोना संक्रमित बिरामीहरुमा अरु ६ लक्षणहरु पनि एकदमै धेरै मात्रामा देखिएको सीडीसीले जनाएको छ। खासगरी सुँघ्ने र स्वाद लिने क्षमता गुम्ने लक्षण बिरामीहरुमा मार्चको मध्यदेखि देखिन थालेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।