एजेन्सी- मोन्ट्रियलस्थित एक अपार्टमेन्टमा लागेको आगलागीका कारण बिरामी परेपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी आमा मार्गरेट ट्रुडोलाई अस्पताल भर्ना गरिएकाे छ।
स्थानीय सञ्चारमाध्यमले मोन्ट्रियलस्थित पूर्वप्रधानमन्त्री पिएरे ट्रुडोकी पत्नी मार्गरेटको आवास रहेको अपार्टमेन्टमा आगो निभाउन कैयौं दमकल, अग्ला-अग्ला भर्याङको प्रयोग गरेका तस्बिरहरू मङ्गलबार बिहानै सार्वजनिक गरेका छन्।
भवनको पाँचौं तलाबाट आगलागी भएको आगो निभाउँनका लागि करीब ७० जना अग्नि नियन्त्रकसहित दमकलहरू त्यहाँ पुगेका थिए।
प्रधानमन्त्रीको कार्यालयमा प्रतिक्रियाका लागि सञ्चारमाध्यमले गरेको सम्पर्कमा तत्काल कुनै प्रतिक्रिया दिइएन।
आगलागीपछि निस्किएको धुवाँको मुस्लोका कारण मार्गरेटकाे श्वासप्रश्वासमा समस्या भएको र जलेर बनेका घाउहरूको उपचारका लागि अस्पतालमा भर्ना भएको रेडियो क्यानडाले बताएको छ।
उनलाई छिट्टै आराम हुने अपेक्षा गरिएको छ। आगलागीका कारण अपार्टमेन्टका तीनजना परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।