नयाँ दिल्ली- कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित ६ हजार ८ सय ६९ भारतीयहरू देशभरका विभिन्न अस्पतालमा उपचारपछि निको भई घर फर्किएको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयका अनुसार निको भई घर फर्किने बिरामीको दर २३.३ प्रतिशत छ। 'अघिल्लो दिन उपलब्ध गराएको तथ्याङ्कभन्दा निको हुने बिरामीको सङ्ख्यामा करीब एक प्रतिशत सुधार देखिएको छ,' मन्त्रालयका सहसचिव लव अग्रवालले भने।
कोभिड-१९ बारे तथ्याङ्क अद्यावधिक गराउँदै पत्रकार सम्मेलनमा उनले भने, ‘भारतमा मङ्गलबारसम्म २९ हजार ४ सय ३५ जना सङ्क्रमित भएका छन् भने यीमध्ये १ हजार ५ सय ४३ जनामा विगत २४ घण्टामा सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमितमध्ये ६ हजार ८ सय ६९ अर्थात् २३.३ प्रतिशत व्यक्ति पूर्ण निको भएका छन्। तथ्याङ्कले निको हुने व्यक्तिको सङ्ख्या दरमा सुधार देखाउँछ।’
अग्रवालका अनुसार विगत २८ दिनमा विभिन्न १७ जिल्लामा नयाँ सङ्क्रमण देखिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।