एजेन्सी-अमेरिकामा कोरोना भाइरसको उपचार गरिरहेकी एक डाक्टरले आत्महत्या गरेकी छन्। आइतबार उनले आत्महत्या गरेकी हुन्। न्युयोर्कमा रहँदै आएकी डाक्टर लोर्ना ब्रीन म्यानहटेनको न्युयोर्क प्रेसबिटेरियन एलेन अस्पतालकी इमरजेन्सी डिपार्टमेन्टकी मेडिकल डाइरेक्टर हुन्।
लोर्ना ब्रीनका पिता डा फिलिपले उनले आफ्नो काम गर्ने कोसिस गरेकाेमा उनको हत्या गरिएको बताए। अमेरिकामा कोरोना भाइरसका कारण ५६ हजार मानिसले ज्यान गुमाएका छन्। १७ हजार ५ सय मानिसको मृत्यु न्युयोर्कमा मात्र भएको छ।
कोरोना संक्रमित भएकी थिइन्
४९ वर्षीया फिलिपले उनको छोरीमा कुनै पनि प्रकारको मानसिक बिरामी नभएकाे उल्लेख गरेका छन्। उनको मृत्यु भर्जीनियाको शेरलाटेसभिलमा भएको थियो‚ जहाँ उनी परिवारका साथ रहँदै आएकी थिइन्। ब्रीनका बाबुका अनुसार उनी कोरोना भाइरसका बिरामीको उपचारमा खटिएकी थिइन्।
यसरी कोरोनाका बिरामीको उपचार गर्दागर्दै उनी आफैं कोरोना संक्रमित भएकी थिइन्। उनी डेढ हप्ताको उपचारपछि काममा फर्केकी थिइन्। तर अस्पतालले उनलाई फेरि घर फर्काएको थियो। फिलिपको जब अन्तिम पटक छोरीसँग कुरा भयो उनी अर्कै व्यवहार गरिरहेकी थिइन्।
लोर्नाले भनेकी थिइन्, 'कोरोना संक्रमितको मृत्यु भइरहेको छ। उनीहरु एम्बुलेन्सबाट बाहिर निस्कनुअघि नै मरिरहेका छन्।' म्यानहटनको २ सय बेडको अस्पतालमा दर्जनौं बिरामी संक्रमित रहेका छन्। डा लोर्नाका बुबाले उनी फ्रन्टलाइनमा काम गरेकाले उनलाइ हिरोको रुपमा प्रशंसा हुुनपर्ने बताए। उनी परिवारलाई निकै माया गर्थिन्, स्किइङग र साल्सा नाच गर्न मन पराउथिन्। हरेक हप्ता उनी स्वेच्छाले वृद्धाश्रम जाने गर्थिन्।
प्रहरीले भन्यो हिरो
न्युयोर्क प्रेसबिटेरियन एलेन अस्पतालले डा ब्रीन एक हिरो भएको बताएको छ। ‘डा ब्रिन अस्पतालको आपातकालीन विभागको फ्रन्टलाइन हिरो थिइन्’ अस्पतालले भनेको छ‚ ‘उनले चुनौतीपूर्ण काम गर्दै उच्चतम आदर्श स्थापित गरेकी छन्। प्रहरी विभागले उनको मृत्यु भएको जनाएको छ। २६ तारिखमा प्रहरीलाई सहयोगको लागि एक फोन आएको थियो। त्यसपछि प्रहरीको सहयोगमा एक स्थानीय अस्पताल लगिएको थियो जहाँ उनको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।