काठमाडाैं- सर्वोच्च अदालतले ज्ञानेन्द्र शाहीलाई रिहा गर्न आदेश दिएकाे छ। बन्दीप्रत्यक्षीकरणकाे निवेदनमा न्यायाधीशद्वय पुरुषाेत्तम भण्डारी र मनाेजकुमार शर्माकाे संयुक्त इजलासले मंगलबार यस्ताे आदेश दिएकाे हाे।
शाहीका तर्फबाट अधिवक्ता इन्द्रप्रसाद अर्यालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट हालेका थिए। यसअघि सर्वोच्चले शाहीलाई पक्राउ गरी थुनामा राख्नुको कारण तत्काल पेश गर्न आइतबार सरकारको नाममा आदेश जारी गरेको थियाे।
शाहीले सामाजिक सञ्जालमा अभद्र टिप्पणी गरेको र प्रहरीमाथि पनि अभद्र व्यवहार गरेको भन्दै अनुसन्धानका लागि पक्राउ गरिएको थियो। शाहीलाई पक्राउ विना अपराध गरिएकाले तत्काल रिहा गर्नुपर्ने मागसहित शुक्रबार सर्वोच्चमा बन्दीको निवेदन दायर भएको थियो।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।