काठमाडौं- सांसद् डा यादव अपहरण 'प्रकरण'को उजुरी लिन नमानेपछि जनता समाजवादी पार्टीका नेताहरू सरकारी वकिलको कार्यालयबाट बाहिरिएका छन्।
उनीहरूले कानुनी राज्यको अस्तित्व समाप्त भइसकेको भन्दै सरकारी वकिलको कार्यालयबाट बाहिरिएका हुन्। जिल्ला सरकारी वकिलले पनि उजुरी दर्ता गर्न अस्वीकार गरेपछि उनीहरूको यस्तो धारणा आएको हो। यसअघि प्रहरीले पनि यो उजुरी दर्ता गर्न मानेको थिएन। समाजवादीका नेता तथा अधिवक्ता कृष्ण शर्माले सहन्यायाधीवक्ता हरिप्रसाद रेग्मी मिटिङ भनेर बाहिर रहेको र अन्य कर्मचारीले दर्ता गर्न नमानेका बताए।
गत आइतबार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पूर्व उपप्रधामन्त्री उपेन्द्र यादवसहित काठमाडौंस्थित टेकु प्रहरी परिसरमा उजुरी दर्ता गर्न पुगेका थिए। तर त्यहाँ पनि दर्ता गर्न नमानेपछि उनीहरु जिल्ला सरकारी वकिलको कार्यालय पुगेका थिए। अन्तत सरकारी वकिलको कार्यालयले पनि उजुरी दर्ता गर्न नमानेको हो।
जिल्ला सरकारी वकिलकाे कार्यालयले थप अध्ययनपछि जवाफ दिने भन्दै फर्काएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।