विराटनगर– नक्कली डाक्टर बनेर स्वास्थ्य शिविर सञ्चालनको नाममा रकम असुल गर्ने ३ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।
देवानगञ्ज गाउँपालिका–६ बाट तेह्रथुमको म्याग्लुङ नगरपालीका–१०, केउरिनीका सुदन सुवेदी, जुनिल सुवेदी र सप्तरीको कञ्चनरुप नगरपालिका–५, मगरटोलका प्रख्यात मिश्रलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले ‘हामी डाक्टर हौँ’ भन्दै स्वास्थ्य शिविर सञ्चालन गर्ने भन्दै प्रतिव्यक्ति ५ सयदेखी १ हजार रुपैयाँसम्म उठाउने गरेका थिए।
स्थानीयको सूचनाका आधारमा तीनै जनालाई फक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।