काठमाडौं- जनता समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादव 'अपहरण' प्रकरणको उजुरी जिल्ला सरकारी वकिलले पनि दर्ता गर्न अस्वीकार गरेको छ। समाजवादीका नेता तथा अधिवक्ता कृष्ण शर्माले सहन्यायाधीवक्ता हरिप्रसाद रेग्मी मिटिङ भनेर बाहिर रहेको र अन्य कर्मचारीले दर्ता गर्न नमानेका हुन्।
गत आइतबार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पूर्व उपप्रधामन्त्री उपेन्द्र यादवसहित काठमाडौंस्थित टेकु प्रहरी परिसरमा उजुरी दर्ता गर्न पुगेका थिए। तर त्यहाँ पनि दर्ता गर्न नमानेपछि उनीहरु जिल्ला सरकारी वकिलको कार्यालय पुगेका थिए। अन्तत सरकारी वकिलको कार्यालयले पनि उजुरी दर्ता गर्न नमानेको हो।
जिल्ला सरकारी वकिलकाे कार्यालयले थप अध्ययनपछि जवाफ दिने भन्दै फर्काएकाे हाे। सांसद् अपहरणको उजुरी दर्ता नमानेपछि पार्टीले तत्काल उजुरी दर्ता गराउनका लाधि धर्ना दिइरहेका छन्।





.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।