काठमाडाैं- सरकारले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई तीन दिनभित्र जवाफ दिन भन्दै स्पष्टीकरण सोधेको छ।
रेडियो नेपालमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको लाइभ अन्तर्वार्ताकाे विषयमा विवाद भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्पष्टीकरण सोधेको हो।
आफूमाथि हटाउनका लागि तीन दिने स्पष्टिकरण सोधिएको कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेका छन्।
१५ गते सोमबार ६ः३० बजे अन्तरसंवाद कार्यक्रममा डा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भष्मासुर भनि गाली गरेका थिए।
लाइभ प्रशासरणमा सच्चाउन नमिल्ने भएपछि उक्त कार्यक्रम प्रशारण भएको थियो। प्रशारण लगत्तै रेडियो नेपालले उनको अन्तर्वार्ता हटाएको थियो। रेडियो नेपालले एक विज्ञप्ति जारी गर्दै त्यसको बचाउ समेत गरेको थियो।
त्यसको भोलिपल्ट मन्त्रालयले कार्कीलाई १५ गतेको मन्त्रीस्तरीय निर्णयले स्पष्टिकरण सोधेकोले जवाफ दिन भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।