तमिलनाडु- कोरोना भाइरसको संक्रमण रोक्न भारतको तमिलनाडु राज्यले आन्ध्र प्रदेशको सीमामा पर्खाल लगाएको छ। तमिलनाडुको बेल्लोतर र आन्ध्र प्रदेशको चित्तुर जिल्लाको बीचमा पाँच फिट अग्लो पर्खाल लगाइएको हो।
सवारी साधन र मानिसहरुको आवतजावत रोक्न यस्तो पर्खाल लगाइएको बताइएको छ। बेल्लोर जिल्लाका एक अधिकारीले यो सीमा हुँदै प्रवासी मजदुर आउने जाने भएकाले त्यसलाई रोक्न पर्खाल लगाइएको बताए। यसरी आउनेहरुले यता र उताको पास देखाएर जाने गरेका कारण पर्खाल लाउन बाध्य भएको ती अधिकारीले बताए।
समाचार एजेन्सि पीटीआईसँग कुरा गर्दै ती अधिकारीले भनेका छन्, 'मानिसलाई रोक्न असफल भएपछि यस्तो निर्णय गरिएको हो। मुख्य बोर्डर भएको सडकमा यस्ता मानीशहरुलाई रोक्न असफल भएको र बिना अनुमति पनि मानिसहरु यताबाट उता र उताबाट हिँडडुल गर्न थालेपछि यस्तो कदम चालिएको हो।’
स्थानीय सञ्चार माध्यमहरुकाअनुसार दुबै राज्यबीचमा सवारी साधनको आवतजावत पनि अस्थायी रूपमा रोक लगाउन पर्खाल निर्माण गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।