एजेन्सी-भारतमा कोभिड–१९ संक्रमितको संख्या २९ हजार ४ सय ३५ पुगेकाे छ। गत २४ घन्टायता भारतमा एक हजार ५ सय ४३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
भारतकाे स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतभर गत २४ घन्टायता मृत्यु हुनेको संख्या ६२ रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ९ सय ३४ पुगेको छ ।
भारतमा देखिएका यी संक्रमितमध्ये ६ हजार ८ सय ६८ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २१ हजार ६ सय ३२ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत छन् ।
सुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको छ। मंगलबार पनि यो क्रम जारी नै रहेको जनाइएकाे छ। याे राज्यमा मात्र संक्रमितहरूको संख्या ८ हजार ५ सय ९० पुगेको उक्त मन्त्रालय बताएको छ । महाराष्ट्रमा ३ सय ६९ जनाको निधन भएको छ।
महाराष्ट्रपछि गुजरात यस भाइरसको संक्रमणमा दोस्रो स्थानमा रहेको छ। यहाँ ३ हजार ५४८ सक्रमित रहेका छन्। तीमध्ये २ सय ९४ जना निको भएका छन् भने १ सय ६२ जनाको मृत्यु भएको छ।
दिल्लीमा ३ हजार १ सय ८ मा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितमध्ये ५४ को ज्यान गएको छ । यसैबीच ८ सय ७७ जना उपचारपछि घर फर्किएका समाचारमा जनाइएको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
भारतको राजस्थान, मध्यप्रदेश, तमिलनाडू, उत्तरप्रदेश, केरला राज्यमा उच्च संक्रमित रहेका र कैयौको ज्यान गएको छ ।
भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न लकडाउनलाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।