काठमाडौं–नेपाली कांग्रेसले पार्टी निकटका अर्थविद्हरुकोे बैठक डाकेको छ। कोरोना भाइरसपछिको अर्थतन्त्रका विषयमा छलफल गर्न अर्थविदहरुसँग कांग्रेसले छलफल गर्ने भएको हो।
बैठकमा पूर्व अर्थमन्त्रीहरुलाई समेत डाकिएको छ। बैठकका लागि योजना आयोगका पूर्व उपाध्यक्षहरु डा शंकर शर्मा, डा स्वर्णीम वाग्ले, डा गोविन्द पोखरेल ,जगदिशचन्द्र पोखरेल लगायतलाई बोलाइएको छ।
कोरोना संकटपछिका अथतन्त्रको बाटो र वर्तमान सरकारको लिनुपर्ने रणनीति तथा कार्यनीतिका बारेमा छलफल हुने सह महामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए।बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।