काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपालका राष्ट्रपति विद्या भण्डारीबीच टेलिफोन भएको छ। कोरोना भाइरस (कोभिड–१९)को माहामारीलाई लिएर दुई राष्ट्रपतिबीच सोमबार कुराकानी भएको हो।
चिनियाँ टेलिभिजन सिजीटिएनका अनुसार टेलिफोन संवादमा चिनियाँ राष्ट्रपति सीले अरु बेलाभन्दा अहिले अन्तर्राष्ट्रिय समुदायबीच ऐक्यबद्धता र सहकार्य चाहिने बताएका थिए।
त्यस्तै सीले राष्ट्रपति भण्डारीलाई कोरोनाविरुद्ध लड्न चीनले नेपाललाई सहयोग गरिरहने बताएका थिए। दुई देशका स्वाथ्य निकायबीच सहयोगको आदान–प्रदान र सहकार्यमा पनि सीले जोड दिएको बताइएको छ।
नेपाली राष्ट्रपति भण्डारीले चाहिँ कोरोना भाइरस आफ्नो देशमा चियन्त्रण गर्न सफल भएको र यसविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य गरेको भन्दै त्यसको सह्राना गरेकी थिइन्। चीनको अनुभवले कोरोनालाई पराजित गर्न अरु देशको आत्म विश्वासलाई पनि बढाउने उनको भनाइ थियो।
अत्यावश्यक स्वाथ्य सामग्री नेपाललाई प्रदान गरेकोमा भण्डारीले धन्यावाद दिएकी थिइन्। महामारी सकिएपछि दुईल देशबीचको सम्बन्ध अझ बलियो हुने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।