काठमाडौं- साइबर क्राइम मुद्दा लागेका नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले सरकारले आफूलाई पक्राउ गरी मुद्दा चलाएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। उनले सरकार र सत्तारुढ दलको चर्को आलोचना समेत गरेका छन्।
सरकारले साइबर अपराधमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएपछि पूर्वसचिव भीम उपाध्याय २५ हजार धरौटी बुझाएर रिहा भएका थिए। सोमबार उनलाई अदालत रिहा गर्न आदेश दिएको हो।
समाजिक सञ्जालमा सरकारको आलोचना गरेको र सामाजिक सद्भावमा खलल पुर्याउने अभिव्यक्ति दिएको आरोप उनीमाथि लागेको थियो। तर आफूले सामाजिक सञ्जालमा कुनै पनि समाजिक सद्भाव फैलालाउने गतिविधि नगरेको भीम उपाध्यायले दाबी गरेका छन्। तर सार्वजनिक पदमा आसीन व्यक्तिहरूको आलोचना गर्न भने संवैधानिक हक भएको समेत उल्लेख गरेका छन्।
जिल्ला अदालतमा धरौटी बुझाएलगत्तै नेपाल लाइभसँग कुराकानी गर्दै पूर्व सचिव उपाध्यायले सत्तारुढ दलका महासचिव विष्णु पौडेलले बालुवाटारको सरकारी जग्गा खरिद गरी फिर्ता गर्दा चाँहि कुनै मुद्दा नलागेको तर आफूमाथि स्टाटस डिलिट गरे पनि मुद्दा लगाएको भन्दै रोष समेत प्रकट गरे।
उनीसँग गरिएको कुराकानीको विस्तृत अंश तलको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।