काठमाडौं- पूर्वमन्त्री सुनील बहादुर थापाले पूर्वमाओवादी र कांग्रेसका नेताहरू आफ्नो घरमा बसेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कुनै पनि रणनीति नबनाएको प्रष्टाएका छन्।
प्रधानमन्त्री विरुद्ध रणनीति र कार्यनीति तय गर्न थापाको निवास बैठक बसेको समाचार प्रकाशित भएपछि उनले खण्डन गरेका हुन्। विज्ञप्तिमार्फत् पूर्वमन्त्री थापाले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्माओलीज्यू विरुद्ध मेरो निवासमा बैठक बसी रणनीति तथा कार्यनीति तय भयो भनी प्रकाशित समाचार अत्यन्त कल्पनातीत, सफेद झुट, भ्रामक र प्रायोजित भएकाले म यस्तो कुसमाचारको निन्दा र भत्सर्ना गर्दै खण्डन गर्दछु।’
कोरोनाको महामारीबाट जोगिन र जोगाउनमा खर्चिनु पर्ने ध्यान, साधन र समय गलत कार्यमा नलगाउन समेत उनले ध्यानाकर्षण गराएका छन्। राज्यको चौथो अंग निर्लज्ज, गैर जिम्मेवार, कुसूचनाको स्रोत र भ्रमको मूल हुनु दुर्भाग्य भएको जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।