बेइजिङ- सांघाई र बेइजिङका विद्यालयहरु सोमबारदेखि खुलेका छन्। सोमबार यी सहरका दशौँ हजार विद्यार्थी विद्यालय गएका छन्।
महिनौंको बन्दपछि सोमबार पहिलो पटक बेइजिङ र सांघाईका विद्यालयहरु खुलेको समाचारमा जनाइएको छ।
कोरोना भाइरसको महामारीका कारण यी सहरका विद्यालयहरु पनि बन्द गरिएको थियो। बेइजिङ र सांघाईसँगै चीनका प्रमुख सहरका विद्यालयहरु बन्द गरिएको थियो।
चीनमा कोरोना भाइरसको उत्पत्ति भएपछि त्यहाँ लामो समयसम्म लकडाउन गरिएको थियो। यही लकडाउनका कारण यहाँका अरु कार्यालयहरुका साथै विद्यालय तथा विश्वविद्यालयहरु पनि बन्द गरिएको थियो।
तर अहिले पनि त्यहाँ यसको संक्रमणको उच्च सतर्कता अपनाइएको छ। यही उच्च सतर्कताका साथ चीनमा व्यावसाय तथा कार्यालयहरु विस्तारै खुला गर्न थालिएको छ।
यसैगरी सोमबारदेखि चीनका प्रमुख यी दुई सहर बेइजिङ र सांघाईमा पनि विद्यालय खुला गरिएको समाचारमा जनाइएको छ।
लामो समयपछि खुला भएर विद्यालय जान पाएकोमा यी शहरका बालबालिका निकै खुसी देखिएका त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ।
चीनको वुहान शहरमा गत डिसेम्बरको अन्तिम हप्तादेखि देखा परेको कोरोना भाइरसको प्रकोपले सबैभन्दा पहिला चीनलाई बढी प्रभाव पारेको थियो।
यस संक्रमणबाट चीनमा ४ हजारभन्दा बढी मानिसको ज्यान गएको बताइएको छ। चीनमा यो महामारीको प्रकोप नियन्त्रणमा आएपछि अब यहाँको जनजीवन बिस्तारै सामान्यतर्फ फर्किएको यहाँका सञ्चारमाध्यमले बताइएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।