सुर्खेत– उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा २ सय १८ वटा मुद्दा फछ्र्यौट गरेको छ।
अघिल्लो आर्थिक वर्षका बाँकी रहेका ९७ वटा मुद्दासहित अदालतमा परेका २ सय ४९ मुद्दामध्ये चैतको २७ गतेसम्म २ सय १८ मुद्दा फछ्र्यौट गरिएकोे हो। अघिल्लो आर्थिक वर्षका बाँकी रहेका ९७ वटा मुद्दामा ७४ वटा मुद्दा फछ्र्यौट भएको उच्च अदालतका रजिष्टार उपेन्द्रबाबु थपलियाले जानकारी दिए।
रजिष्टार थपलियाका अनुसार फछ्र्यौट भएका मुद्दामा दुनियावादी मुद्दा २४, सरकारवादी फौजदारी १ सय ४९, सरकारवादी देवानीसम्बन्धी ३२, साधक ६ र रिटसम्बन्धी मुद्दा ७ वटा रहेका छन्। अब १ वर्षभित्रको १ सय २७ र १ वर्षदेखि १८ महिनासम्मको ४ वटा मुद्दा फछ्र्यौट गर्न बाँकी रहेका छन्।
चालु आर्थिक वर्षमा वाणिज्य इजलासतर्फका २ वटा मुद्दा परेको र ती दुबै फछ्र्यौट भइसकेको रजिष्टार थपलियाले जानकारी दिए।
उच्च अदालतले छिटोछरितो रुपमा न्याय सम्पादन गर्ने गरेकोे उल्लेख गर्दै उनले अदालतले आफ्नो काम कारबाहीलाई छिटो, छरितो र सहज बनाउनका लागि समुदाय र सेवाग्राहीसँग पनि छलफल गर्ने गरेको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।