काठमाडौं- पूर्वसचिव भीम उपाध्याय २५ हजार धरौटी बुझाएर छुटेका छन्। यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश जारी गरेको थियाे।
जिल्ला न्यायाधीश भरतमुनि खनालको इजलासले थुनछेक आदेश गर्दै उनीसँग धरौटी माग गरेको थियाे। मागेकाे धराैटी बझाएपछि साेमबार उनी छुटेका हुन्।
सरकारको आलोचना गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। सरकारले उनलाई विद्युतीय कारोबार अन्तर्गत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
उपाध्यायको परिवारले पक्राउ पुर्जीबिनै पक्राउ गरेर ल्याएको दाबी गरेका थिए। पक्राउ गर्दा अनिवार्य रुपमा पक्राउ पुर्जी दिनुपर्ने कानुनी व्यवस्था छ। तर, जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले अघिल्लै दिन (मंगलबार) नै पक्राउ पुर्जी जारी गरेको जानकारी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।