काठमाडाैं- सर्वोच्च अदालतले अब सार्वजनिक सरोकारका रिट निवेदनको पनि सुनुवाई थाल्ने भएको छ। लकडाउन थप भएसँगै सर्वाेच्चले सामाजिक दूरी कायम गर्दै र स्वास्थ्य सुरक्षाप्रति सावधानी अपनाउँदै मुद्दाको सुनुवाई गर्ने निर्णय गरेको हो।
सरकारले वैशाख २६ गतेपछि थप १० दिनका लागि लकडाउन थप गरेको भन्दै सर्वोच्चले यसअघि रोक्दै आएको सार्वजनिक सरोकारको रिट दर्ता र सुनुवाई गर्ने निर्णय गरेको हो। अन्य सेवा भने लकडाउन समाप्त भएको तीन दिनपछि सुचारु गर्ने निर्णयलाई निरन्तर दिइएकाे छ।
अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको सूचनामा रिट निवेदन स्वीकार गर्ने निर्णय गरेको उल्लेख छ। यसअघि सर्वाेच्चले कोरोना भाइरस र बन्दी बाहेकका निवेदन सुनुवाई रोक्दै आएको थियो। गत साता सरकारले जारी गरेको अध्यादेशविरुद्धकाे रिट सर्वोच्चले दर्ता नगरी फर्काएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।