• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

विज्ञको सुझाव : शिक्षाको गुणस्तरमा बजेट धेरै छुट्याइयोस्

64x64
प्रजु पन्त सोमबार, वैशाख १५, २०७७  १२:३७
1140x725

काठमाडौं- २०७४ फागुनमा गठन भएको नेकपा नेतृत्वको सरकारले शिक्षामा आर्थिक वर्ष २०७५/७६ मा कुल बजेटको १०.२३  र २०७६/७७ मा १०.६३ प्रतिशत बजेट विनियोजन गरेको थियो। जबकि, नेकपाको घोषणापत्रमा शिक्षामा २० प्रतिशत बजेट छुट्याइने उल्लेख छ।

आर्थिक वर्ष २०७७/०७८ को लागि नयाँ बजेटको तयारी चलिरहेको छ। जेठ १५ गते बजेट ल्याउने संवैधानिक प्रावधान छ।

मानव स्रोत तथा विकास केन्द्रका सूचना अधिकृत माधव प्रसाद दाहालले कोरोना भाइरसको कारण धेरै बजेट स्वास्थ्यमा विनियोजन गर्नुपर्ने हुँदा अर्थ मन्त्रालयबाट सबै प्रस्तावित कार्यक्रमहरु पारित हुन नसक्ने सूचना पाएको बताएका छन्। यद्यपी, केन्द्रले दिएको जानकारी अनुसार यसपालि पनि सामुदायिक विद्यालय सबलीकरण, प्राविधिक व्यवसायिक शिक्षा र उच्च शिक्षा लगायतका कार्यक्रम आगामी आर्थिक वर्षमा प्राथामिकतामा परेका छन्।

दुई आर्थिक वर्षसम्मको बजेटमा शिक्षा अन्तर्गत भएको विनियोजनमा पुरानै ढर्रालाई निरन्तरता दिएको भन्दै शिक्षाविद् तथा अनसन्धानदाताहरुले भने असुन्तुष्टि व्यक्त गरेका छन्।

शिक्षामा विनियोजन गरिएको १० प्रतिशत बजेटलाई सतप्रतिशत मान्दा ७० प्रतिशतभन्दा बढी रकम स्थायी शिक्षकको तलब भत्तामा खर्च हुने गरेको छ। बाँकी बजेट भवन निर्माण तथा छात्रवृत्ति, निशुल्क पुस्तक आदिमा खर्च हुन्छ। यसरी शिक्षाको गुणस्तरमा न्यून बजेट मात्रै खर्च हुने भएकाले त्यसलाई बढाउनुपर्ने माग उनीहरुको छ।

अध्येता देवेन्द्र उप्रेतीका अनुसार, शिक्षामा छुट्टाइएको बजेटको ठूलो अंश तलबमा जाने र न्युन बजेट मात्रै सिकाइमा खर्च हुने हुँदा सामुदायिक विद्यालयका गुणस्तर खस्किँदै गएको छ। ‘देशैभर सामुदायिक विद्यालयमा धेरै विद्यार्थी अध्ययन गर्छन्। तर, प्राप्त नतिजाले सामुदायिक विद्यालयको गूणस्तर अब्बल देखाउँदैन,’ उनी भन्छन्, ‘सरकारले छुट्याएको बजेट धेरैजसो तलबमा गयो, गुणस्तर वृद्धिमा गएन।’

संविधानले शिक्षालाई मौलिक हकको रूपमा स्वीकार गर्नुका साथै निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा र निशुल्क माध्यमिक शिक्षालाई राज्यको पूर्ण दायित्वभित्र राखेको छ । तर गुणस्तर सुधारमा भने प्राथामिकता दिएको देखिँदैन।

शिक्षाविद् विनय कुशियत शिक्षामा बजेट नै कम भएको बताउँछन्। ‘कुल जिडिपीको ६ प्रतिशतसम्म रकम छुट्टाउनुपर्ने हो,’ कुशीयत भन्छन्, ‘हाम्रोमा ४ प्रतिशत छुट्याइन्छ। त्यो पनि गुणस्तरमा अत्यन्तै न्यून रकम खर्चिएको पाइन्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

नयाँ कार्यक्रमभन्दा सबै परम्परागत कार्यक्रम मात्रै हुने गरेकाले सामुदायिक विद्यालयको रुपान्तरणका लागि खास योगदान हुने र त्यसको सुनिश्चित गर्ने कार्यक्रमै नदेखिएको बताउँछन्, अध्येता देवीराम आचार्य।

‘शिक्षाको गुणस्तर नसुध्रिनुका कारण धेरै छन्’, अध्येता आचार्य भन्छन्, ‘समस्या पहिल्याएर सोही अनुसार बजेट विनियोजन गर्नुपर्‍यो।’

बजेट र कार्यक्रम सधैंजसो परम्परागत र कर्मकाण्डी हुनु, भौतिक सुविधामा बजेट गए पनि पर्याप्त नहुने, छात्रवृत्ति पनि पर्याप्त नहुनु, विद्यालयमा शिक्षक नै नहुनु, अनुत्पादक क्षेत्रमा धेरै खर्च गर्नु, तालिम प्रभावकारी नहुनु, गुणस्तरमा ध्यानै नदिइकन तालिममा पैसा खनाउनु, तालिमको मोडालिटी  नफेर्नु तथा संस्थागत क्षमता विकासमा प्राथमिकतामा नदिएकै कारण सामुदायिक विद्यालयको गुणस्तर नउकासिएको शिक्षाविद्हरुको ठम्याई छ।

गुणस्तरमा लगानी गर
कोरोना भाइरसको संक्रमण फैलिन नदिने उपाय अपनाइरहेको सरकारले अझै केही समय विद्यालय खोल्ने सम्भावना देखिँदैन। भौतिक निमाणको काम पनि यो बेला हुन सक्दैन। त्यसकारण रकमान्तर गरेर भौतिक निर्माणको रकम सिकाइमा खर्च गर्न शिक्षाविद् कुशियतको सुझाव छ। ‘यसपालि भौतिक निर्माण गर्न सकिन्न’, कुशियत भन्छन्, ‘त्यही रकमलाई गुणस्तरमा खर्च गर्नुपर्‍यो।’

प्रविधिमैत्री होम स्कुलिङ, शिक्षकको क्षमता अभिवृद्धि, शिक्षण सिकाइमा खोजबिन गर्नेतर्फ लगानी गर्न कुशियतको सुझाव छ। अनलाइनमा पाठ्य सामाग्री राखेर स्वअध्ययन गर भनेर मात्रै नहुने र त्यसका लागि शिक्षक र विद्यार्थीको क्षमता अभिवृद्धि गर्नुको विकल्प नभएको उनको भनाई छ।

नतिजामूलक र सामुदायिक विद्यालयको सिकाइ सुधारमा केन्द्रित हुनुपर्ने अध्येता आचार्यको भनाइ छ। सरकारले सामुदायिक विद्यालयको सिकाई प्रक्रियामा सुधारका लागि ठोस कार्यक्रम ल्याउनुपर्ने उनको तर्क छ।

अध्येता उप्रेती यसपालि सरकारको कार्यक्रममा सामुदायिक विद्यालयका शिक्षकहरुको दरबन्दी मिलान पनि छुट्न नहुने बताउँछन्। उप्रेतीका अनुसार सामुदायिक विद्यालयको मुख्य समस्या भनेको शिक्षक धेरै भएका विद्यालयमा विद्यार्थी कम हुनु र विद्यार्थी धेरै भएका विद्यालयमा शिक्षक कम हुनु पनि हो।

‘मैले विभिन्न सरकारी प्रतिवेदन पढ्ने क्रममा कम मात्रै विद्यार्थी पढ्ने उपत्यकाका सामुदायिक विद्यालयमा धेरै शिक्षक र तराईको कुनै जिल्ला, जहाँ धेरै विद्यार्थी पढ्छन्, त्यहाँ शिक्षक कम देखियो’, उप्रेती भन्छन्, ‘सरकारले ठोस कार्यनीती नै ल्याएर विद्यार्थीको अनुपातको आधारमा शिक्षक खटाउनुपर्ने विषयलाई प्राथामिकता दिनुपर्ने देखियो।’

सिकाईका कार्यक्रमहरु बढाउनुपर्ने, कर्मचारीको अभाव हुन नदिने, तालमेल, समयमा बजेट फुकुवा हुनुपर्ने, कार्यक्रमहरु कार्यान्वयन गर्न नसकी फिर्ता हुने प्रणालीको अन्त्य हुनुपर्ने तथा केन्द्रले बनाएको पाठ्यक्रममा मात्रै स्थानीय तहले लागू नगरी आफैं पनि केही सिकाई थप्नुपर्ने शिक्षाविद् कुशियतको भनाइ छ।

‘अहिले पनि केन्द्रले जस्तो पाठ्यक्रम बनाउँछ, त्यही मात्रै पढाएको देखियो’, कुशियतले भने, ‘स्थानीय तहले स्थानीय सामाग्री प्रयोग गरेर शिक्षालाई सिकाइमा ढाल्नुपर्ने आवश्यकता देखिन्छ।’

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  १२:३७
  • #शिक्षा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
लुभुमा ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना, चार जना घाइते नम्बर प्लेट नलिएको ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रह... शनिबार, भदौ ६, २०८३
गरिमा चौधरीको हत्याको निष्पक्ष छानबिन गर्न उनेपाको माग उज्यालो नेपाल पार्टीले जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको निष्पक्ष छानबि... शनिबार, भदौ ६, २०८३
२४ घण्टामा १ हजार १३९ चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १३९ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ शनिबार, भदौ ६, २०८३
कालीमाटीमा कुन तरकारी–फलफूल कति ? हेर्नुहोस् आजको मूल्य शनिबार, भदौ ६, २०८३
बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ शनिबार, भदौ ६, २०८३
लुभुमा ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना, चार जना घाइते शनिबार, भदौ ६, २०८३
गरिमा चौधरीको हत्याको निष्पक्ष छानबिन गर्न उनेपाको माग शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
देउवा–खड्काको रिटमा सर्वोच्च प्रशासनले भन्यो– ‘सोमबार आउनुस्’ शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्