चौतारा- सिन्धुपाल्चोकमा सरकारविरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राँके जुलुस निकालेको छ।
नेपाल कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र-१ ले सामाजिक दूरी कायम गरी सरकारले गरेको भ्रष्टाचार, अपहरण, अध्यादेशको विरोधमा बाह्रबिसे बजारमा राँके जुलुस निकालेको हो।
कोरोना भाइरसले देश लकडाउनको अवस्थामा सरकारले मेडिकल सामग्रीमा अनियमितता गरेको, अनावश्यक अध्यादेशहरु जारी गरेको र अर्का पार्टीका सांसदलाई अपहरण गरी काठमाडौंसम्म ल्याएकाले विरोध गरेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।