• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

लकडाउन सकिए लगत्तै सडक आन्दोलन गर्ने तयारीमा कांग्रेस

64x64
लिलु डुम्रे आइतबार, वैशाख १४, २०७७  १४:००
1140x725
फाइल फोटो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कुबेला’मा ल्याएर खारेज गरेको अध्यादेशको चर्चा सेलाइसकेको छैन। पार्टीभित्रै आलोचना भइरहेको सो विषयका विरुद्धमा कांग्रेसले पनि विरोधको रणनीति बनाइरहेको छ। उसले लकडाउन लगत्तै सो विषयलाई उठाउँदै आन्दोलन गर्ने भएको छ।

अध्यादेश फिर्ता लिएर मात्रै चित्त नबुझाएको कांग्रेसले अध्यादेशबाट सिर्जित गलत अभ्यासलाई मुख्य मुद्दा बनाउने भएको छ। कोरोना संक्रमणको बेला हतारहतार ल्याएर राष्ट्रपतिबाट जारी गराएको अध्यादेशले ‘राजनीतिक अपराध’ गरेको कांग्रेसको ठहर छ।

समाजवादी दलका नेता सांसद डा सुरेन्द्र यादवलाई काठमाडौं ल्याउने सरकारी प्रपञ्चलाई सामान्य घटनाका रुपमा नलिने कांग्रेसले जनाइसकेको छ। गत सोमबार अकस्मात अध्यादेश ल्याउनु, लगत्तै हतारहतारमा राष्ट्रपतिले जारी गर्नु र सांसदलाई अपहरणको शैलीमा काठमाडौं ल्याउनुले सरकारको नियत उदांगो भएको कांग्रेसको ठहर छ। राष्ट्रपतिले दुबै अध्यादेश शुक्रबार फिर्ता लिए पनि कांग्रेसले उक्त प्रकरणमा संलग्नको छानबिन र कारबाहीको मुद्दालाई देशव्यापी बनाउने भएको हो।

केन्द्रीय सदस्य रमेश लेखक भन्छन्, ‘अपहरण प्रकरणमा संलग्नलाई छानबिन र कारबाही हुनुपर्ने माग सहित आन्दोलनमा जान्छौं। राजीनामाको मुद्दा पनि जोडिँदै जान्छ।’

लेखकसँग मिल्दोजुल्दो मत राख्ने केन्द्रीय सदस्य कांग्रेसमा धेरै छन्। संसदमा मात्रै बल नपुग्ने भएकाले सडकलाई पनि साथ लिनुपर्ने कतिपयको तर्क छ।

अध्यादेश जारी भइसकेपछि कांग्रेसको सक्रियता विगतको तुलनामा बढोत्तरी आएको थियो। विगतमा सरकारले चालेका कदमको ढिलो गरी प्रतिक्रिया जनाउने कांग्रेसले यसपटक भने तुरुन्तै जवाफ फर्काएको थियो। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘वर्तमान सरकार बनेपछि शेरबहादर देउवाले समयमै वक्तव्य निकालेको पहिलोपटक हो।’ 

बैशाख ८ मा आएको अध्यादेशको विरोधमा देउवाले तत्कालै विज्ञप्ति निकाले। इतिहासकै दुःखद घटना सरकारले सिर्जना गरेको उल्लेख गर्दै देउवाले भनेका थिए, ‘ यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो। यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो।’

कोरोना भाइरसको संक्रमणसँग जुध्ने बेलामा अध्यादेश आएकोप्रति तीव्र आपत्ति जनाए। प्राथमिकताको क्षेत्र पहिल्याउन नसकेको सरकारको विरोध जनाएर देउवाले सहानुभूति समेत बटुले।

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेस विज्ञप्ति प्रकाशित गरेर मात्रै रोकिएन। अध्यादेश आएकै भोलिपल्ट संसदमा रहेका दलहरुको आकस्मिक बैठक समेत कांग्रेसले डाक्यो। ‘मधेस केन्द्रित दल विभाजन’ गर्न ल्याइएको अध्यादेशको विरुद्धमा एकमत बनाउन कांग्रेसले ती दललाई बैठकमा बोलायो। शीर्ष तहका नेताहरु उपस्थित बैठकले सरकारका विरुद्ध मोर्चाबन्दीको आधार तयार गर्‍यो। सरकारका विरुद्ध आन्दोलनमा उत्रने समेत निर्णय गरे।

मधेस आफ्नो आधार क्षेत्र मान्दै आएको कांग्रेसको उक्त स्थानमा निरन्तर क्षयीकरण भइरहेको छ। दल विभाजित हुँदा मधेसमा कांग्रेसलाई प्रत्यक्ष/अप्रत्यक्ष लाभ नै हुने थियो। यद्यपि कांग्रेसले राजपा र समाजवादी दलको एकताप्रति खुसी व्यक्त गर्‍यो। मंगलबार मध्यरातमा भएको एकतामा पार्टी सभापति देउवाले खुसी जनाए। राजपा र समाजवादी दलको एकतापछि देउवाले भनेका छन्, ‘दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलार्ई मजबुत बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु।’

देउवाले मधेसवादी दलको एकतामा सबैभन्दा अघि सरेर खुसी व्यक्त गर्नुको कारण हो– ओली विरुद्ध उभिने पक्ष फैलिनु र बलियो बन्नु।

कांग्रेसलाई संसदमा अंकगणितले साथ दिदैन। अविश्वासको प्रस्ताव राख्न समेत कांग्रेसको हैसियत पुगेको छैन। संसदमा संख्याले साथ नदिएको कांग्रेसले अब सडकको साथ लिने भएको छ। नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग कांग्रेसले लकडाउन लगत्तै सडक मार्फत उठाउने भएको छ। कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महत भन्छन्, ‘सरकार नालायक भएको विरोध त हाम्रो छँदै थियो। केन्द्रीय समितिको बैठकले सरकारका विरुद्धमा थप निर्णय गर्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अध्यादेश जारी भएपछि त्यसको कार्यान्वयनका क्रममा देखिएका अस्वभाविक खेलको छानबिन र कारबाहीको मागलाई कांग्रेसले थप उठाउने भएको छ। संसदीय प्रणालीमा भएको विकृत परम्पराको पुनरावृत्ति भएको कांग्रेसको बुझाई छ। यादवलाई काठमाडौं ल्याउने क्रममा खटिएका नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठसँगै उनीहरुलाई सक्रिय साथ दिएका पूर्व आइजीपी सर्वेन्द्र खनालमाथि छानबिन गर्नुपर्ने कांग्रेसले माग गरेको छ। ‘समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलीमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन’, कांग्रेसको माग छ। 

कांग्रेसका कतिपय नेताहरुले व्यक्तिगत रुपमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिइरहेका छन्। तथापि, पार्टीको तर्फबाट औपचारिक निर्णय गरी राजीनामा मागिएको भने छैन। केन्द्रीय सदस्य प्रदीप पौडेल प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गर्छन्। बाध्य भएर अध्यादेश फिर्ता गर्नु कुनै बहादुरी नभएको उनले बताए। सांसद अपहरण प्रकरणको मुख्य भूमिकामा प्रधानमन्त्री भएकाले उनले जनतालाई जवाफ दिनुपर्ने उनको माग छ। प्रधानमन्त्रीलाई नेता पौडेलको प्रश्न छ, ‘सांसद अपहरण गर्ने मानवताविरोधी अपराध किन गर्नुभयो? तपाईंका हात लोकतन्त्रको हत्या गर्न उद्यत छन्। प्रधानमन्त्रीको कुर्सीमा बस्ने कुनै नैतिकता अब बाँकी छैन, अविलम्ब राजीनामा दिनुस्।’

बैशाख १७ मा बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठकले औपचारिक निर्णय गरी सरकार विरुद्ध विरोधका कार्यक्रम अघि बढाउने बताइएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १४:००
  • #कांग्रेस
  • #दल_फुटाउने_अध्यादेश
  • #अपहरण
  • #आन्दोलन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो एमाले गण्डकी संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधा... आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार विज्ञप्ति जारी गर्दै बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको दुःखद घडीमा... आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको फोटोसहितको समाचार सार्वजनिक भएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जालमार्फत... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्