काठमाडाैं- त्रिभुवन विश्वविद्यालयले अनलाइन माध्यमबाट सबै क्याम्पस तथा विभागमा पढाउन आचारसंहितासहितको निर्देशिका जारी गरेको छ। त्रिविले अनलाइनबाट गरिने कक्षा सञ्चालनसम्बन्धी निर्देशिका २०७७ तयार पारेर कार्यकारी परिषद्बाट स्वीकृत गरेको हो।
अनलाइन कक्षा के कसरी सुरक्षित ढगंले पढाउने भनि निर्देशिका जारी गरिएको शिक्षाध्यक्ष शिव भुसालले जानकारी दिए। निर्देशिकमा विद्यार्थी, शिक्षक र कर्मचारीले आचारसंहिता उल्लंघन गरेमा कारबाही गर्ने चेतावनी दिइएको छ।
निर्देशिकाले त्रिविका स्कुल, विभाग र क्याम्पसबाहेक पूर्णकालीन शिक्षकलाई अन्य शैक्षिक संस्थाको अनलाइन कक्षामा सहभागी हुन रोक लगाएको छ। यस्तै कक्षामा विद्यार्थीलाई अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ। थोरै शुल्कमा इन्टरनेट उपलब्ध गराउने तयारी गरेको त्रिविले जनाएको छ।
‘तत्काललाई हामीले आंगिक क्याम्पसलाई जुम आइडी पठाएको छौँ,’ शिक्षाध्यक्ष भुसालले भने, 'अब अन्य प्रविधिमा काम गर्ने संस्थासँग कुराकानी हुँदैछ छिट्टै थप सुविधा पनि दिन्छौँ।’
त्रिविले जारी गरेकाे निर्देशिका:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।