काठमाडौं- सामाजिक सञ्जालमा लेखेको आधारमा पक्राउ परेका पूर्व सचिव भिम उपाध्यायलाई रिहाइ गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
उपाध्यायका तर्फबाट परिवारले सार्वजनिक सञ्जालमा लेखेकै आधारमा पक्राउ गरेर गैरकानुनी रूपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दायर गरेको सर्वोच्च स्रोतले जनाएको छ।
उपाध्यायलाई पक्राउ गर्दा पुर्जी समेत नदिनुका साथै अदालतको अनुमति पनि नलिएको निवेदनमा जिकीर गरिएको छ। निवेदनमा आइतबार सुनुवाई हुँदैछ। यदि सर्वोच्चले रिहा गर्न आदेश दिएमा उनी छुट्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।