काठमाडौं– नेपाल विद्यार्थी संघलगायत ६ विद्यार्थी संगठनका अध्यक्षले सांसदलाई जबर्जस्ती मानसिक दबाब दिने अपराधिक कार्यमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।
विद्यार्थी संगठनहरुले कोरोना भाइरसका कारण लकडाउनको अवधिलाई दुरुपयोग गरी अपहरणको शैली अपनाउनेहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका हुन्। राजनीतिलाई विकृत बनाई नेपाली जनतालाई राजनीतिक क्षेत्रप्रति नै वितृष्णा गराउने गरी सांसद सुरेन्द्र यादवको अपहरण गरिएको विद्यार्थी संगठनले जनाएका छन्।
सरकारले उक्त प्रकरणमा खटिएका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठका साथै पूर्व आइजिपी सवेन्द्र खनाललाई कारबाही नगरे विद्यार्थी संगठनले कारबाही गर्ने चेतावनी दिइएको छ।
विज्ञप्ति निकाल्नेहरुमा नेविसंघका अध्यक्ष राजीव ढुङ्गाना,समाजवादी विद्यार्थी युनियनका रुपनारायण श्रेष्ठ, राष्ट्रिय विद्यार्थी संघका मनिष मिश्र, अखिल क्रान्तिकारीका चिरन्जीवी ढकाल, राप्रविसं(संयुक्त) का धनसुर शाही र अखिल क्रान्तिकारीका आलोक रायमाझी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।