प्रतीकात्मक तस्बिर
काठमाडौं- बंगालको खाडीबाट जलवाष्पयुक्त हावासँगै स्थानीय वायुको जलवाष्प मिसिएपछि अझै केही दिन वर्षा सक्रिय हुने प्रक्षेपण गरिएको छ। स्थानीय वायुसंग पश्चिमी वायु मिसिएपछि वर्षा हुन थालेको र यो अझ केही दिन जारी रहने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद राजु प्रधानाङ्गका अनुसार स्थानीय र पश्चिमी वायु सक्रिय हुँदा देशभर बदली भएको हो।
‘पानी पर्ने घाम लाग्ने अझै ३/४ दिन हुन सक्छ,’ मौसमविद् प्रधानाङ्गले भने, 'चिसो सकिएपनि दैनिकजसो बदली भई पानी गर्दा तराई क्षेत्रमासमेत खास गर्मी महसुस गरिएको छैन।'
मनसुन सक्रिय हुनुअघिको समयलाई प्रि-मनसुनको रुपमा भनिन्छ। नेपालमा जुन १० मा मनसुन सुरु भई सेप्टेम्बर १० को पेरीफेरीसम्म कायम रहन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।