काठमाडौं- महानगरीय प्रहरी परिषर काठमाडौंमा एसएसपी श्यामलाल ज्ञवाली र अपराध महाशाखामा एसएसपी दीपक थापालाई सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार यस्तो निर्णय गरेको हो।
काठमाडौं र अपराध महाशाखा प्रमुखहरूको डिआइजीमा बढुवा भएपछि यी पद रिक्त थिए। ज्ञवाली यसअघि महानगरीय प्रहरी कार्यालय काठमाडौंमा थिए भने थापा प्रहरी प्रधान कार्यालयमा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।