काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटका लागि बोलाएका छन्।
गत सोमबार सरकारले ल्याएको अध्यादेश फिर्ता गरेपछि प्रधानमन्त्रीले देउवालाई छलफलका लागि बोलाएका हुन्। बैठकका एजेण्डाबारे यकिन नभएपनि समग्र विषयमा छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए।
प्रधानमन्त्री ओलीसँग भेटका लागि पार्टी सभापति देउवामात्रै गएको शर्माले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।