काठमाडौं– नव गठित जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले आफ्नो तत्कालीन पार्टी समाजवादीतर्फ लक्षित गरेको अध्यादेशले आफैलाई असर गरेपछि फिर्ता लिइएको बताएका छन्।
भट्टराईले ‘यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओली र उनको आडमा भएको गम्भीर अपराध’ नलुक्ने र त्यसको छानबिन गरेर कारबाही गर्नुपर्ने बताएका छन्।
त्यस्तै ओली कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहने पनि भट्टराईको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।