काठमाडाैं- अमेरिकामा काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या ५० हजार नजिक पुगेकाे छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा काेराेनाबाट ४९,९६३ जनाकाे मृत्यु भएकाे छ।
काेराेनाबाट अमेरिकामा सबैभन्दा बढी मानिसकाे मृत्यु भएकाे हाे। संक्रमितकाे संख्या पनि अमेरिकामा बढी छ। त्यहाँ ८,६९,१७२ रहेकाे छ।
विश्वभरि काेराेनाबाट २७,०९,४०८ जना संक्रमित भएका छन्। मृतकको संख्या बढेर १,९०,८६१ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।