काठमाडौं– प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले दार्चुलका सौका समुदायको कुन्छा सार्ने (मौसमी बसाइसराई) सहज बनाउन भारतसँग वार्ता गर्न सरकारसँग माग गरेका छन्।
व्यास गाउँपालिका क्षेत्रमा बसोबास गर्ने ६ महिना बेसी सर्ने गरेकोमा यसपाली पहिरोका कारण नेपाली भूमि तर्फको बाटो अवरुद्ध भएको भन्दै बडूले भारतको बाटो प्रयोग गर्नका लागि कूटनीतिक पलह गर्न सरकारसँग माग गरेका हुन्।
दार्चुलाका सांसद समेत रहेका बडूले बिहीबार विज्ञप्ति निकाल्दै उत्तरी क्षेत्रमा बोर्डर आउट पोष्ट (बिओपी) समेत राख्न सरकारसँग माग गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।