धनगढी–सरकारले ल्याएको अध्यादेश फिर्ता गर्न माग गर्दै कैलालीमा पनि नेपाल विद्यार्थी संघले सांकेतिक प्रदर्शन गरेको छ।
शुक्रबार विहानै उनीहरुले सुदूरपश्चिम प्रदेश सभा सचिवालयअगाडि प्रदर्शन गरेका हुन्।
विवादस्पद अध्यादेश फिर्ता गर्नुपर्ने, जनताको जीवन रक्षामा केन्द्रीत हुनुपर्नेलगायतका माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन्।
नेविसंघका केन्द्रीय सदस्य विनय लामाको नेतृत्वमा सामाजिक दुरी कायम गरी प्रदर्शन गरिएको हो। लोकतन्त्रमाथि प्रहार गर्ने वर्तमान सरकारका विरुद्ध लकडाउनमा समेत विरोधमा उत्रनु परेको लामाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।