काठमाडौं–नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले अध्यादेश फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेको छ।
सरकारले सोमबार ल्याएको अध्यादेश विरोधमा संघले महाराजगन्जमा विरोध प्रदर्शन गरेको हो। विरोध प्रदर्शन भौतिक दुरी कायम राख्दै गरिएको संघका महामन्त्री बलदेव तिमिल्सनाले बताए। सरकारले ल्याएको अध्यादेशविरुद्ध संघका कार्यकर्ताले नाराबाजी गरेका थिए। देश र जनताका पक्षमा अत्यन्तै संबेदनशील हुनुपर्ने वर्तमान समयमा गलत बाटोमा लागेको तिमल्सिनाले बताए।
संघका अर्का महामन्त्री युवराज पाण्डेयले लोकतन्त्रको मूल्य,मान्यता र मर्मविपरीत सरकारले अध्यादेश ल्याएको बताए।
संवैधानिक परिषद र दल विभाजनसम्वन्धी अध्यादेश सर्वसत्तावादको पछिल्लो कडीको रूपमा आएको संघका नेताहरुले बताए। अध्यादेश खारेज नभएसम्म विरोध जारी रहने संघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।