काठमाडौं-निश्चित स्थानमा थप कडाइ गर्दै लकडाउन खुलाउने तयारी सरकारले गरेको छ।
कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका जिल्लाहरुमा आवतजावतमा पूर्ण प्रतिबन्ध लगाउने सरकारको तयारी रहेको जनाइएको छ। अन्य स्थानहरुमा भने लकडाउन खोल्ने सोंचमा सरकार अघि बढेको एक मन्त्रीले जानकारी दिए।
ती भने,‘संक्रमण नभएका स्थानमा खोल्ने सोंचमा सरकार छ।थप छलफल हुन बाँकी छ।’ काठमाडौंमा कोरोना भाइरस देखिएकाहरु निको भएर घर फर्केकाले राजधानीमा लकडाउन हटाउने जनाइएको छ।
सार्वजनिक सवारी साधनलाई सञ्चालन गर्न दिने/नदिनेबारे थप छलफल गर्ने उनले बताए। निजी गाडी र मोटरसाइकल सञ्चालनमा आउने भएका छन्। निजी गाडीमा यात्रा गर्नेको संख्या भने सरकारले निर्धारण गर्ने बताइएको छ। आन्तरिक तथा वाह्य हवाई सेवा सरकारले बैशाख १८ सम्म रोकेको छ।
उद्योगहरुलाई सुरक्षा विधि अपनाएर सञ्चालनमा ल्याइने भएको छ। लकडाउनको समयमा समेत विकास निर्माणका कार्यमा मजदूर खटिएका थिए।
पछिल्लोेपटक बढाइएको लकडाउन बैशाख १५ को मध्यरातबाट सकिँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।