• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भूकम्प स्मृति दिवसमा प्रधानमन्त्रीको सन्देश : पुनर्निर्माण सुचारु गरिनेछ

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १२, २०७७  ०८:१५
1140x725

काठमाडौं–प्रधानमन्त्री केपी ओलीले लकडाउनका कारण अर्थतन्त्रमा पर्ने असरले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम प्रभावित हुन पुगेको अवस्थामा स्वास्थ्य उपकरणको व्यवस्थासहित पुनर्निर्माणको प्रक्रियालाई सुचारु गर्र्ने प्रबन्ध मिलाउन जरुरी भइसकेको बताएका छन्। 

पाँचौं भूकम्प स्मृति दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले पुनर्निर्माण कार्यमा ढिलाइ नहोस् भनी समन्वय र प्रबन्ध मिलाउन सरकार गम्भीर र सम्वेदनशील रहेको बताएका छन्। 

उनले भूकम्पपछिको पुनर्निर्माणका बाँकी कार्यलाई योजनाबद्ध ढंगले टुंगोमा पु¥याउन सफल हुने विश्वास पनि व्यक्त गरेका छन्। 

प्रधानमन्त्रीले सम्पदा क्षेत्रमा पुुनर्निमाण सम्पन्न भएका र निर्माणको क्रममा रहेका गरी ९१ प्रतिशत प्रगति हासिल गरेको र ३२ जिल्लाको सम्पदा पुनर्निर्माण ४३.७ प्रतिशत सम्पन्न भएको जनाएका छन्। 

यस्तै, ५ वर्षको अवधिमा निजी आवासतर्फ ५ लाख घर पुनर्निर्माण, ९ वटा एकीकृत वस्तीको पुनर्निर्माण, ५ हजार ५ सय ९८ विद्यालय पुनर्निर्माण तथा ६ सय ६९ स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्पन्न भएको पनि प्रधानमन्त्री ओलीले जनाएका छन् यस्तै, धरहराको १० औं तल्ला ढलान भइसकेको पनि जनाइएको छ। 
२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भइ आएको भूकम्पले करिब ९ हजार जनाको ज्यान गएको थियो। 

प्रधानमन्त्रीकाे सन्देशकाे पूर्ण पाठ

आदरणीय दिदी बहिनी तथा दाजुभाइहरु !

आजभन्दा ठीक ५ वर्षअघि २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखा जिल्लाको बारपाकमा केन्द्रविन्दु भई विनासकारी भूकम्प गएको थियो । भूकम्प र त्यसपछिका पराकम्पबाट करिब ९ हजार व्यक्तिले ज्यान गुमाउनु पर्‍यो भने मुलुकले करिव सात खर्ब रुपैयाँ बराबरको आर्थिक क्षति बेहोर्नु पर्‍यो । म त्यस भूकम्पमा परी आफ्नो अमूल्य ज्यान गुमाउनु भएका सबै दिदी बहिनी तथा दाजुभाइहरुको स्मरण र हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु ।

त्यतिबेला कतिपय, यसरी पनि सोच्दै थिए– भूकम्पबाट क्षति पुगेका लाखौंको संख्याका निजी आवास, यतिधेरै सार्वजनिक संरचनाहरु र पुरातात्विक महत्वका धार्मिक एवं साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण गर्न त सकिएला ? गल्र्याम्मै ढलेको धरहरा फेरि उभ्याउन सकिएला ? यसरी पनि तर्क गरिंदै थियो, नब्बे सालको भूकम्पपछि नयाँ सडक बनेझैं के अब पनि नयाँ सिर्जना हुनसक्लान् ?

Ncell 2
Ncell 2
nimb
nimb

म स्मरण गर्न चाहन्छु, हामी नेपालीहरु भुकम्पको लगत्तै एकआपसबीच सहकार्य र सहयोगमा जुट्यौं । पहिले उद्दार, अनि राहत र त्यसपछि पुनर्निर्माणको अभियानमा जुट्यौं । ‘पहिलेको भन्दा राम्रो र त्यो भन्दा झन् बलियो’ भन्ने नाराका साथ पुनर्निर्माण अभियान थाल्यौं ।

फर्केर हेर्दा आज, विगतेका पाँच वर्षको अवधिमा हामीले भूकम्प प्रतिरोधी र आकर्षक कैयौं संरचनाहरु बनाउन सफल भएका छौं । निजी आवासतर्फ मात्रै हामीले करिव पाँच लाख घरहरुको पुनर्निर्माण सम्पन्न गरिसकेका छौं । १ लाख ९० हजार घरहरु पुनर्निर्माणको क्रममा छन् । हालसम्म ९ वटा एकीकृत बस्तीहरुको पुनर्निर्माण सम्पन्न भई नै सकेका छन् । थप ७० वटाको योजना स्वीकृत भई पुनर्निर्माणको क्रममा छन् । यसरी व्यवस्थित र सुन्दर एकीकृत बस्तीहरु बनिरहेका छन् । ५ हजार ५ सय ९८ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छं ।

६ सय ६९ वटा स्वास्थ्य संस्थाहरुको पुनर्निर्माण सम्पन्न भएको छ । १ सय ४५ वटा पुनर्निर्माणको क्रममा छन् । सम्पदा क्षेत्रका १ सय ७० मध्ये १ सय १ साँस्कृतिक तथा पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भइसकेको छ । थप ५४ सम्पदाहरु पुनर्निर्माणको क्रममा रहेका छन् । ३ सय ४९ वटा सरकारी भवनहरुको पुनर्निर्माण गरिएको छ र ४९ वटा पुनर्निर्माणको क्रममा छन् ।

भूकम्पपछि असुरक्षित स्थानमा रहेका ४ हजारभन्दा धेरै लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गा व्यवस्था गरी नयाँ बसोबासको प्रबन्ध मिलाइएको छ । करिव ९ हजार भूमिहीन तथा सुकुम्बासीहरुलाई जग्गाको व्यवस्थापन सहित घर निर्माण गर्ने वातावरण मिलाइएको छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हाम्रो ऐतिहासिक धरोहरका रुपमा रहेका धरहरा र रानीपोखरीको अत्याधुनिक र सुन्दर पर्यटकीय गन्तव्यका रुपमा नयाँ निर्माण कार्य अघि बढेको छ । धरहराको दशौं तल्ला ढलान भइसकेको छ ।

सम्पदा क्षेत्रमा पुनर्निर्माण सम्पन्न भएका र निर्माणको क्रममा रहेका गरी हामीले ९१ प्रतिशत प्रगति हासिल गरेका छौँ । ३२ जिल्लाका सम्पदाहरुको पुनर्निर्माण ४३.७ प्रतिशत सम्पन्न भइसकेका छन् । काठमाडौँ उपत्यकाका सम्पदाको पुनर्निर्माण ५९ प्रतिशत सम्पन्न भएको छ । यो हाम्रा लागि चानेचुने उपलब्धि मात्र होइन ।

यदि यस बीचमा कोरोना भाइरसको महामारी नआएको भए हाम्रो धरहरा यसका थप दुई तल्ला अग्लो ढलान भइसक्ने निश्चित थियो । । मल्लकालीन नासो रानी पोखरीको आजकै दिन पुनर्निर्माण सम्पन्न गरी उद्घाटनको तयारी थियो । नेपालको शैक्षिक जागरणको पहिलो विद्यालय दरबार हाइस्कूलको नवनिर्माण सम्पन्न भइसकेकाले त्यसको पनि सगौरव उद्घाटन हुने थियो । सिंहदरबारको रेट्रोफिटिङ र पुनर्निर्माण कार्य सम्पन्न गरी त्यहाँ पूर्ववत् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालय स्थानान्तरणको तयारी गरिएको हुने थियो ।

पुनर्निर्माण तथा पुनस्र्थापनामा हाम्रो अवधारणा र हामीले अपनाएको विधि विश्वका अरु देशका लागि पनि अनुकरणीय हुनसक्ने स्तरका छन् । त्यो तपाईँ हामी सबैको सहयोग, सहकार्य, दृढता र संकल्पकै कारण सम्भव भएको हो । यस अवसरमा म पुनर्निर्माण तथा पुनस्र्थापनामा सहयोग पु¥याउनु हुने स्थानीय जनसमुदाय, राजनीतिक दल तथ जनप्रतिनिधिहरु, निर्माणकर्मी, प्राविधिक, राष्ट्रसेवक, संचारकर्मीहरु एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगीहरु सबैलाई हार्दिक धन्यवाद भन्न चाहन्छु ।

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,

सदृश्य भग्नावशेष निर्माण गर्न जति गाह्रो हुन्छ, अदृश्य शत्रुसँंग लड्ने कार्य त्यसभन्दा धेरै जटिल हुँदो रहेछ भन्ने हामी सबैले बुझिरहेकै छौं । यतिबेला विश्वका विभिन्न देशजस्तै हामी पनि अर्को विश्वव्यापी महाविपद् कोरोना भाइरसको महामारी विरुद्धको लडाईंमा छौं । त्यसैका कारण विगत एक महिनादेखि सिंगो देश लकडाउनमा रहन बाध्य भएको छ । लकडाउनका कारण पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यहरुमा गम्भीर असर परेको सर्वविदितै छ । मलाई विश्वास छ, कोरोना भाइरस विरुद्धको यस लडाईँमा हामी विनाशकारी भूकम्पपछि सिर्जित विपत्तिमा जस्तै संयम र साहसका साथ सामना गरेर अघि बढ्न सक्षम हुनेछौं । सही नीति, सहकार्य र स्रोत व्यवस्थापन तथा परिचालनको प्रबन्ध मिलाएरै हामी यस लडाईंमा विजयी हुनेछौं ।

हामीले सुरुदेखि नै विशेष सतर्कता अपनाएर कोरोना रोकथाम तथा नियन्त्रणका कार्यहरु गर्दै आएका छौं । यसबीचमा देखापरेका जुनसुकै समस्याहरुलाई सही र सामयिक नीति, निर्णय र सुस्पष्ट योजनाका साथ सल्टाउँदै अघि बढेका छौं । सबैको साथ, सहयोग र सजगताले गर्दा कोरोना भाइरसका कारण विश्वभर करिब दुई लाख मानिसले ज्यान गुमाउनुपरेको भए तापनि हामीकहाँ अहिलेसम्म मानवीय क्षति भएको छैन । यस निम्ति हामीले समयमै चालेका कदमहरुको सहीपना र नेपाली दिदीबहिनी तथा दाजुभाइहरुको एकता र समझदारी मुख्य कारक रहेको छ । यसरी विषम परिस्थितिका बीच अनेकन् दुःखकष्ट भोग्दै कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउनु हुने सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु ।

भूकम्पपछिको राहत, उद्दार, पुनर्निर्माण तथा पुनस्र्थापनाको काममा अघि बढेझैं सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाईंमा एकताबद्ध हुन म फेरि सबैमा आग्रह गर्दछु ।

अहिले लकडाउनका कारण सिंगो अर्थतन्त्र ठप्पप्रायः नै रहेको छ । यसले अर्थतन्त्रमा पार्ने नकारात्मक असरलाई न्यून गर्न आइपरेको यस संकटको सामना गरेर अघि बढ्नुको अर्को कुनै विकल्प पनि छैन । यसबाट केही हदसम्म भूकम्पपछिको पुनर्निर्माणका बाँकी कामहरु पनि प्रभावित हुनपुगेका छन् । आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थासहित अबरुद्ध पुनर्निर्माणको प्रक्रियालाई सुचारु गर्ने प्रबन्ध मिलाउन जरुरी भइसकेको छ । पुनर्निर्माण कार्यमा कुनै ढिलाई नहोस् भनी समन्वय र प्रबन्ध मिलाउन सरकार गंभीर र संवेदनशील छ ।

भूकम्पपछिको पुनर्निर्माणका बाँकी कार्यहरुलाई पनि हामी योजनाबद्ध ढंगले टुंगोमा पुर्‍याउन/सम्पन्न गर्न सफल हुनेछौं ।

धन्यवाद ।

केपी शर्मा ओली

प्रधानमन्त्री

१२ बैशाख २०७७

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  ०८:१५
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनआरएन नेताहरूले नेपाल सरकारलाई गरे डीएनए किट हस्तान्तरण
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल
स्थानीय तहका उम्मेदवार कार्यकर्ताको डिजिटल मतदानबाट छानिने, पहुँचका आधारमा टिकट नदिइने
सम्बन्धित सामग्री
एनआरएन नेताहरूले नेपाल सरकारलाई गरे डीएनए किट हस्तान्तरण उक्त किट प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला वा खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामार्फत संचालनमा ल्याउने तयारी छ... सोमबार, कात्तिक ९, २०८३
आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना पूर्वाधार विकासमन्त्री सुनील लाम्सालले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो... सोमबार, कात्तिक ९, २०८३
राष्ट्रिय टोलीमा परेपछि फरहान पाकिस्तान फर्किने, एनपीएलमा पुनः आउने सम्भावना कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार फरहान अक्टोबर ३१ मा राष्ट्रिय टोलीको खेल सकिएपछि एनपीएलमा फर्किने सम्भावना छ। उनक... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
एनआरएन नेताहरूले नेपाल सरकारलाई गरे डीएनए किट हस्तान्तरण सोमबार, कात्तिक ९, २०८३
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल सोमबार, कात्तिक ९, २०८३
स्थानीय तहका उम्मेदवार कार्यकर्ताको डिजिटल मतदानबाट छानिने, पहुँचका आधारमा टिकट नदिइने सोमबार, कात्तिक ९, २०८३
आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना सोमबार, कात्तिक ९, २०८३
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कात्तिक १२ मा सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्