काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच समसामायिक विषयलाई लिएर भेटघाट जारी रहेको छ। बेलुका पौने ७ बजे सितल निवास आएका ओली भेटघाटमै रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
राष्ट्रपतिले राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) अध्यादेश ०७७ जारी ८ वैशाखमा पारित गरेपछि नेकपामा तनाव बढ्दै गएको छ। प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालको भेटघमा अध्यादेश फिर्ता लिन सहमत भएका थिए। तर, अध्यादेश फिर्ता लिने विषयमा बिहीबारसम्म ओलीले कुनै प्रक्रिया अगाडि बढाएका छैनन्।
उता अध्यक्ष ओली निवास बालकोटमा एक भेला जारी रहेको एक जनाले बताए। ओली समुहको छुट्टै भेला बोलाएर वैठक चली रहेको बुझिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।