काठमाडौ- नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सहित ६ जना नेताहरु बामदेव गौतम निवास भैंसेपाटीमा बसेको भेलाले राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) अध्यादेश ०७७ जारी भएकोमा अविलम्ब फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको छ।
बिहीबार दिउँसो प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, महासचिव विष्णु पौडेललगायतका नेता बसी सो निर्णय गरिएको एक सचिवालय सदस्यले बताए।
‘हामी सबै सचिवालयका ६ जना कमरेडहरु बस्यौंयौ’ ती नेताले भने, ‘विवादित अध्यादेश तत्काल फिर्ता गर्नुपर्छ भन्ने निष्कर्ष निकाल्यौं।’ यदि प्रधानमन्त्रीले विधेक फिर्ता नगरे‚ के गर्ने भन्ने विषयमा भने केही भन्न चाहेनन्। बिहीबार नै प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच भएको भेटमा अध्यादेश फिर्ता लिने सहमति भएको थियो।
अध्यादेश फिर्ता लिने विषयमा प्रधानमन्त्रीले बिहीबार मन्त्रिपरिषद बैठक बोलाएर फिर्ता गराउने अपेक्षा लिइएको थियो। तर, ओलीले प्रक्रिया अगाडि बढाउने नदेखेपछि भैंसेपाटीमा भेला गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।