काठमाडौं- बिहीबार थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ अद्यावधिक गरेको विवरण अनुसार थप एक जनामा कोभिड-१९ पुष्टि भएको हो।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ रहेको पुगेको छ। बिहीबार साँझ कोरोना पुष्टि हुनेमा २६ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ। उनी भोजपुरका रहेको समेत मन्त्रालयले जनाएको छ। योसँगै नेपालका विभिन्न ११ जिल्लामा कोरोना संक्रमित भेटिएका छन्।
बिहीबार दिउँसो नै २ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले पुष्टि गरिसकेको थियो। बिहीबार नै २ जना कोरोना संक्रमित बिरामी उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन्।
नेपालमा कोरोना देखिएर निको हुनेको संख्या १० पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।