• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बालुवाटारमा रचिएको आपराधिक 'एपिसोड'

64x64
केपी ढुंगाना बिहीबार, वैशाख ११, २०७७  २०:३०
1140x725

समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादव 'अपहरण' प्रकरणमा जोडिएका नेकपाका २ सांसद महेश बस्नेत र किसान श्रेष्ठसँगै पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच अहिले 'अपहरण' को फेहरिस्त सार्वजनिक गर्ने प्रतिस्पर्धा चलिरहेको छ। कतिखेर गएको? को-को गएको? कहाँ हाँसको साँधेको मासु खाएको? अनि कहाँ मिष्ठान्न भोजन गरेको? उनीहरुका यी सबै फेहरिस्त कम रमितादायक छैन। 

उनीहरूका वृत्तान्त पढ्दा यस्तो देखियो कि रातारात महोत्तरी पुगेर डा यादवलाई गाडीमा कोचेर बालुवाटारको सेल्टरमा प्रवेश गराएर ठूलो युद्ध जितेर आएका थिए। यी तीनै जनाले डा यादव काठमाडौं आउन चाहेको तर लकडाउनका कारण आउन नसकेकाले 'रेस्क्यू' गर्न गएको दाबी गरिरहेका छन्। समाजवादी पार्टीका नेताहरूका अनुसार यो 'अपहरण' हो। अपहरणको नियत पार्टी विभाजन गर्ने प्रधानमन्त्रीको ध्येय।

पूर्व स्वास्थ्य राज्यमन्त्रीसमेत रहेका डा यादवले चाहेको भए उनलाई महोत्तरीबाट काठमाडौं आउन सवारीसाधन र दुई सत्ताधारी सांसदको साथ अनिवार्य पक्कै थिएन। प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर उनी सहजै काठमाडौं अवतरण हुन सक्थे। उनको सुरक्षामा प्रहरी संगठनले बहालवाला प्रहरी नै खटाएकाले पिएसओको काम गर्न हतियारबिहीन नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक पक्कै चाहिने थिएन।

करिब २ वर्ष कस्ता व्यक्तिको हातमा देशको शान्तिसुरक्षाको जिम्मेवारी पुगेको रहेछभन्ने बुझ्न डा यादव प्रकरण नै काफी भइदियो।

संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकताका लागि काठमाडौंमा बैठक बसिरहेको बेला लकडाउनमा डा यादवसँग भेट नहुँदा नियास्रो मेट्न मात्रै सत्ताधारी नेकपाका दुई सांसद र पूर्व प्रहरी महानिरीक्षक हुर्रिएर नपुगेको घटनाक्रमले प्रस्ट्याइसकेको छ।

दल फुटाउन पार्टीको केन्द्रीय समिति र संसद्‍मा ४० प्रतिशत पुग्नुपर्ने प्रावधान खुकुलो बनाउँदै दुवैमध्ये एकातिर मात्र ४० प्रतिशत पुगे हुने खुकुलो कानुन अध्यादेशबाट ल्याएसँगै सुरु भएको खेलको नियत समाजवादी पार्टीलाई छिन्नभिन्न बनाउने रणनीतिको एक पाटो थियो।

बुधबार मध्यरातसम्म मधेश केन्द्रित २ दलभित्र जे-जस्ता घटनाक्रम विकास भए र त्यसमा सत्ताधारी दलका नेतृत्वतहले जे-जति चलखेल गरे, त्यसले काठमाडौंदेखि महोत्तरीसम्मको नेकपाका २ साँसद र पूर्व प्रहरी प्रमुखको यात्रा आपराधिक राजनीतिक अभ्यासको घृणित एपिसोड थियो भन्नेमा शंका रहेन।

नेकपाका सांसद् श्रेष्ठ त्यति परिचित होइनन्। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेर चर्चामा आएका उनको नाम यस अगाडि राजनीतिक संरक्षणमा भएका आपराधिक, घृणित र कुत्सित गतिविधिमा सुनिएको पनि थिएन। त्यो अभाव उनले डा यादव प्रकरणबाट पूरा गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यस्ता काम महेश बस्नेतका लागि भने नौला होइनन्। तत्कालीन नेकपा (एमाले)को युवा जत्था युथफोर्सको कमान्ड सम्हालेपछि उनले यस्ता प्रकृतिका घटनामा आफ्नो क्षमता देखाइसकेका थिए नै। उनका क्षमता देखाउने घटनाक्रमका 'अर्काइभ' अझै हराइसकेका छैनन्।

नेकपासँग कुनै सांगठनिक सम्बन्ध नखुलेका र ३० वर्ष कानुन परिपालनामा खटिएर हालसालै प्रहरी महानिरीक्षकको ओहदाबाट अवकास पाएका व्यक्ति एकाएक घृणित राजनीतिक खेलमा समावेश हुनु छक्कै पार्ने दृष्य हो। 

ओलीले देशको कार्यकारी प्रमुख बस्ने प्रधानमन्त्री निवास बालुवाटारलाई अपराधको केन्द्रबिन्दू प्रमाणित गरिदिए। 

पूर्व प्रहरी महानिरीक्षक खनालले अवकास पाएको कति नै भयो र? त्यही २ महिना हाराहारी। उनी ७५ हजार जनशक्ति भएको प्रहरी संगठनको नेतृत्वबाट बाहिरिएका राज्यका सम्मानित व्यक्तित्व हुन्। २ महिना अगाडिसम्म यिनको काँधमा आम नागरिकलाई अपराधीबाट सुरक्षित राख्ने जिम्मेवारी थियो। तर अवकाससँगै अर्केै रूपमा पो देेेखिए।

उनको कार्यकाल विवादित थियो नै। संगठनभित्र र बाहिर दुवैतिर उनी आलोचित थिए। उनको निर्णयशैली र क्षमता सधैं आलोचनाको विषय बन्यो। तर उनी 'राम्रो काम गरिरहे पनि घेराबन्दीमा पारेर बदनाम गराउने प्रयास भएको दाबी गरिरहन्थे। डा यादव प्रकरणमा संलग्न भएर उनी आफैंले आफ्नो क्षमता, पदीय मर्यादाप्रतिको सचेतना र के गर्न हुने,के नहुने भन्ने निर्णय क्षमता प्रस्ट्याइदिए। 

नेपालमा सत्ता स्वार्थमा सांसद खरिदबिक्री नौलो घटना होइन। सरकार ढाल्न र सरकार जोगाउन यहाँ सुरासुन्दरी र बैंकक काण्ड भइसकेका नै हुन्।

बहुमतको सरकार हुँदाहुँदै, सरकार ढाल्ने या जोगाउने जोखिम नहुँदा पनि महामारीको चपेटामै अर्को दललाई टुक्र्याउन सांसद र पूर्व प्रहरी प्रमुखको उपयोग गरेर बहालवाला सांसदकै 'अपहरण'को घिनलाग्दो हर्कत् पनि नौलो नहुने बनायो बुधबारको घटनाले।

राजनीतिक वृत्तमा प्रधानमन्त्री केपी शर्मा ओली पटकपटक खलनायक प्रमाणित भइरहेका छन्। समाजमा अहिले पनि यदाकदा सुनिन्छ जिम्मेवारीले मान्छेलाई इमान्दार बनाउँछ। तर विडम्बना यो कथन प्रधानमन्त्री ओलीका हकमा लागू हुने गरी बनाइएकै होइन रहेछ। अर्को दलको सांसदलाई बलजफ्ती उठाएर ल्याउने कुकर्मको डिजाइन बालुवाटारमा भयो। ओलीले देशको कार्यकारी प्रमुख बस्ने प्रधानमन्त्री निवास बालुवाटारलाई 'अपराध'को  सेल्टर बनाइदिए। 

सम्झदा नि चित्त कटक्क खाने सत्य यही हो।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  २०:३०
  • #Prime Minister
  • #oli
  • #sarvendra_khanal

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
केपी ढुंगाना
विगत १८ वर्षदेखि पत्रकारितामा संलग्न ढुंगाना नेपाल लाइभका सम्पादक हुन्। सुरक्षा विषयमा विशेष रुचि राख्ने उनको 'ओपन सेक्रेट' नामक पुस्तक प्रकाशित छ। ढुंगाना यसअघि शुक्रबार साप्ताहिकका सम्पादक थिए। अनलाइन पत्रकार संघका संस्थापक अध्यक्षसमेत रहेका ढुंगानाले कान्तिपुर, नागरिक, नयाँ पत्रिका र राजधानी दैनिकमा काम गरिसकेका छन्।
लेखकबाट थप
ललितपुरमा शुक्रबार कर्फ्यू
विद्या भण्डारी राष्ट्रपति हुन् कि नेकपा नेता?
सीमा विवाद बढेसँगै नेपाल र भारतका ह्याकरबीच साइट ह्याक गर्ने प्रतिस्पर्धा, सुरक्षा निकाय रमिते
सम्बन्धित सामग्री
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी शुक्रबार, असोज २, २०८३
भारत–नेपाल आईजीएससी बैठक सम्पन्न, व्यापार र पारवहन सहकार्य बढाउने प्रतिबद्धता शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरेर २ करोड ५० लाख ठगी, दुई जना पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्