• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २३, २०८२ Wed, Jan 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बालुवाटारमा रचिएको आपराधिक 'एपिसोड'

64x64
केपी ढुंगाना बिहीबार, वैशाख ११, २०७७  २०:३०
1140x725

समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादव 'अपहरण' प्रकरणमा जोडिएका नेकपाका २ सांसद महेश बस्नेत र किसान श्रेष्ठसँगै पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच अहिले 'अपहरण' को फेहरिस्त सार्वजनिक गर्ने प्रतिस्पर्धा चलिरहेको छ। कतिखेर गएको? को-को गएको? कहाँ हाँसको साँधेको मासु खाएको? अनि कहाँ मिष्ठान्न भोजन गरेको? उनीहरुका यी सबै फेहरिस्त कम रमितादायक छैन। 

उनीहरूका वृत्तान्त पढ्दा यस्तो देखियो कि रातारात महोत्तरी पुगेर डा यादवलाई गाडीमा कोचेर बालुवाटारको सेल्टरमा प्रवेश गराएर ठूलो युद्ध जितेर आएका थिए। यी तीनै जनाले डा यादव काठमाडौं आउन चाहेको तर लकडाउनका कारण आउन नसकेकाले 'रेस्क्यू' गर्न गएको दाबी गरिरहेका छन्। समाजवादी पार्टीका नेताहरूका अनुसार यो 'अपहरण' हो। अपहरणको नियत पार्टी विभाजन गर्ने प्रधानमन्त्रीको ध्येय।

पूर्व स्वास्थ्य राज्यमन्त्रीसमेत रहेका डा यादवले चाहेको भए उनलाई महोत्तरीबाट काठमाडौं आउन सवारीसाधन र दुई सत्ताधारी सांसदको साथ अनिवार्य पक्कै थिएन। प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर उनी सहजै काठमाडौं अवतरण हुन सक्थे। उनको सुरक्षामा प्रहरी संगठनले बहालवाला प्रहरी नै खटाएकाले पिएसओको काम गर्न हतियारबिहीन नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक पक्कै चाहिने थिएन।

करिब २ वर्ष कस्ता व्यक्तिको हातमा देशको शान्तिसुरक्षाको जिम्मेवारी पुगेको रहेछभन्ने बुझ्न डा यादव प्रकरण नै काफी भइदियो।

संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकताका लागि काठमाडौंमा बैठक बसिरहेको बेला लकडाउनमा डा यादवसँग भेट नहुँदा नियास्रो मेट्न मात्रै सत्ताधारी नेकपाका दुई सांसद र पूर्व प्रहरी महानिरीक्षक हुर्रिएर नपुगेको घटनाक्रमले प्रस्ट्याइसकेको छ।

दल फुटाउन पार्टीको केन्द्रीय समिति र संसद्‍मा ४० प्रतिशत पुग्नुपर्ने प्रावधान खुकुलो बनाउँदै दुवैमध्ये एकातिर मात्र ४० प्रतिशत पुगे हुने खुकुलो कानुन अध्यादेशबाट ल्याएसँगै सुरु भएको खेलको नियत समाजवादी पार्टीलाई छिन्नभिन्न बनाउने रणनीतिको एक पाटो थियो।

बुधबार मध्यरातसम्म मधेश केन्द्रित २ दलभित्र जे-जस्ता घटनाक्रम विकास भए र त्यसमा सत्ताधारी दलका नेतृत्वतहले जे-जति चलखेल गरे, त्यसले काठमाडौंदेखि महोत्तरीसम्मको नेकपाका २ साँसद र पूर्व प्रहरी प्रमुखको यात्रा आपराधिक राजनीतिक अभ्यासको घृणित एपिसोड थियो भन्नेमा शंका रहेन।

नेकपाका सांसद् श्रेष्ठ त्यति परिचित होइनन्। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेर चर्चामा आएका उनको नाम यस अगाडि राजनीतिक संरक्षणमा भएका आपराधिक, घृणित र कुत्सित गतिविधिमा सुनिएको पनि थिएन। त्यो अभाव उनले डा यादव प्रकरणबाट पूरा गरेका छन्।

Ncell 2
Ncell 2

यस्ता काम महेश बस्नेतका लागि भने नौला होइनन्। तत्कालीन नेकपा (एमाले)को युवा जत्था युथफोर्सको कमान्ड सम्हालेपछि उनले यस्ता प्रकृतिका घटनामा आफ्नो क्षमता देखाइसकेका थिए नै। उनका क्षमता देखाउने घटनाक्रमका 'अर्काइभ' अझै हराइसकेका छैनन्।

नेकपासँग कुनै सांगठनिक सम्बन्ध नखुलेका र ३० वर्ष कानुन परिपालनामा खटिएर हालसालै प्रहरी महानिरीक्षकको ओहदाबाट अवकास पाएका व्यक्ति एकाएक घृणित राजनीतिक खेलमा समावेश हुनु छक्कै पार्ने दृष्य हो। 

ओलीले देशको कार्यकारी प्रमुख बस्ने प्रधानमन्त्री निवास बालुवाटारलाई अपराधको केन्द्रबिन्दू प्रमाणित गरिदिए। 

पूर्व प्रहरी महानिरीक्षक खनालले अवकास पाएको कति नै भयो र? त्यही २ महिना हाराहारी। उनी ७५ हजार जनशक्ति भएको प्रहरी संगठनको नेतृत्वबाट बाहिरिएका राज्यका सम्मानित व्यक्तित्व हुन्। २ महिना अगाडिसम्म यिनको काँधमा आम नागरिकलाई अपराधीबाट सुरक्षित राख्ने जिम्मेवारी थियो। तर अवकाससँगै अर्केै रूपमा पो देेेखिए।

उनको कार्यकाल विवादित थियो नै। संगठनभित्र र बाहिर दुवैतिर उनी आलोचित थिए। उनको निर्णयशैली र क्षमता सधैं आलोचनाको विषय बन्यो। तर उनी 'राम्रो काम गरिरहे पनि घेराबन्दीमा पारेर बदनाम गराउने प्रयास भएको दाबी गरिरहन्थे। डा यादव प्रकरणमा संलग्न भएर उनी आफैंले आफ्नो क्षमता, पदीय मर्यादाप्रतिको सचेतना र के गर्न हुने,के नहुने भन्ने निर्णय क्षमता प्रस्ट्याइदिए। 

नेपालमा सत्ता स्वार्थमा सांसद खरिदबिक्री नौलो घटना होइन। सरकार ढाल्न र सरकार जोगाउन यहाँ सुरासुन्दरी र बैंकक काण्ड भइसकेका नै हुन्।

बहुमतको सरकार हुँदाहुँदै, सरकार ढाल्ने या जोगाउने जोखिम नहुँदा पनि महामारीको चपेटामै अर्को दललाई टुक्र्याउन सांसद र पूर्व प्रहरी प्रमुखको उपयोग गरेर बहालवाला सांसदकै 'अपहरण'को घिनलाग्दो हर्कत् पनि नौलो नहुने बनायो बुधबारको घटनाले।

राजनीतिक वृत्तमा प्रधानमन्त्री केपी शर्मा ओली पटकपटक खलनायक प्रमाणित भइरहेका छन्। समाजमा अहिले पनि यदाकदा सुनिन्छ जिम्मेवारीले मान्छेलाई इमान्दार बनाउँछ। तर विडम्बना यो कथन प्रधानमन्त्री ओलीका हकमा लागू हुने गरी बनाइएकै होइन रहेछ। अर्को दलको सांसदलाई बलजफ्ती उठाएर ल्याउने कुकर्मको डिजाइन बालुवाटारमा भयो। ओलीले देशको कार्यकारी प्रमुख बस्ने प्रधानमन्त्री निवास बालुवाटारलाई 'अपराध'को  सेल्टर बनाइदिए। 

सम्झदा नि चित्त कटक्क खाने सत्य यही हो।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  २०:३०
  • #Prime Minister
  • #oli
  • #sarvendra_khanal

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
केपी ढुंगाना
विगत १८ वर्षदेखि पत्रकारितामा संलग्न ढुंगाना नेपाल लाइभका सम्पादक हुन्। सुरक्षा विषयमा विशेष रुचि राख्ने उनको 'ओपन सेक्रेट' नामक पुस्तक प्रकाशित छ। ढुंगाना यसअघि शुक्रबार साप्ताहिकका सम्पादक थिए। अनलाइन पत्रकार संघका संस्थापक अध्यक्षसमेत रहेका ढुंगानाले कान्तिपुर, नागरिक, नयाँ पत्रिका र राजधानी दैनिकमा काम गरिसकेका छन्।
लेखकबाट थप
ललितपुरमा शुक्रबार कर्फ्यू
विद्या भण्डारी राष्ट्रपति हुन् कि नेकपा नेता?
सीमा विवाद बढेसँगै नेपाल र भारतका ह्याकरबीच साइट ह्याक गर्ने प्रतिस्पर्धा, सुरक्षा निकाय रमिते
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार, पुस २२, २०८२
कोशीमा मन्त्रीमण्डल हेरफेर, कांग्रेस-एमालेका ५/५ नयाँ मन्त्री नियुक्त मंगलबार, पुस २२, २०८२
राष्ट्रिय सभामा पाँच दलबीच भागबन्डा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
सिनामंगलको काठ गोदाममा आगलागी मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्