काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कतारमा रहेका नेपाली नागरिकको सुरक्षाबारे कतारका समकक्षीसँग टेलिफोन संवाद गरेका छन्।
कतारका प्रधानमन्त्री खालिद बिन खालिफा बिन अब्दुल्लाजिज थानीसँग बिहीबार साँझ टेलिफोन संवाद गरेको ओलीले ट्वीटरमार्फत जानकारी दिएका छन्।
‘आज साँझ मैले कतारका प्रधानमन्त्रीसँग फोन संवाद गरें,’ ओलीले भनेका छन्, ‘मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखें। कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गर्नुभयो। मैले विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाइप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएँ।’
प्रधानमन्त्री ओलीले बुधबार साइप्रसका राष्ट्रपतिसँग टेलिफोन संवाद गरेका थिए। नेपाली श्रमिक रहेका खाडी र अन्य मुलुकका राष्ट्र र सरकार प्रमुखसँग ओलीले पछिल्लो समय संवाद जारी राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।