काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) पार्टीभित्र र बाहिर ठूलो विवाद सृजनापछि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत, सबै प्रदेशका नेकपाका सांसदसँग गर्दै आएको छलफल पनि स्थगित । ( अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत)
२) चर्चा सुरु भएको एक वर्षपछि एकिकरण भएको जनता समाजवादी पार्टीले दियो दल दर्ताको निवेदन, एकीकृत पार्टीको नेतृत्व महन्थ ठाकुरले गर्ने । (एक वर्षपछि एकिकरण)
३) नेपालमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४७ पुग्यो, काठमाडौं सनसिटी अपार्टमेन्टका २ जनाले कोरोना जितेसँगै ९ जना निको भए । (४७ जना कोरोना संक्रमित)
४) युइएफएले सुरु ग¥यो च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल अगष्टमा सक्ने तयारी, घरेलु लिग जुलाई ३१ भित्र सक्ने र त्यसपछि युरोपियन प्रतियोगिताहरुको सञ्चालन हुने । (निरन्तर तयारीमा युइएफए)
५) र, आर्थिक सहयोग नरोक्न र पूर्ववर्ती निर्णयमा पुनर्विचार गर्न अमेरिकालाई विश्व स्वास्थ्य संगठनको आग्रह, मानिसको जीवन बचाउने कार्यलाई निरन्तरता दिने विश्वास व्यक्त । (अमेरिकालाई डब्लुएचओको आग्रह)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।